गजल

-नेपोलियन मरहट्टा

nepolian-marahatta-chitwan11

पक्कै पनि हिजो पानी पर्‍यो होला थोपा थोपा

तिम्रो शिर हुँदै पाउ झर्‍यो होला थोपा थोपा ।

बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा

लाजमाने जस्तो पनि गर्‍यो होला थोपा थोपा ।

निधारबाट ओठ् हुँदै चुहिएर छातीभरी

छिल्लिएर दाँया बाँया सर्‍यो होला थोपा थोपा ।

बस्त्र सँगै टाँस्सिएर शरीर् पारदर्शी बन्दा

जलक्रिडा गर्दा गर्दै मर्‍यो होला थोपा थोपा ।

मरे पनि अजर् अनि अमर् छन् ति पानीहरु

पवित्र भै सात गंगा तर्‍यो होला थोपा थोपा ।

[email protected]

तपाइँको प्रतिक्रिया