यसपालीको तिहारमा
-गीता थापा /ईजरायल
यसपालीको तिहारमा सप्तरङ्गी टिका लगाई
पूँज्न पाईन माईती राजा मैले तिमीलाई
सम्झी-सम्झी बाटो हेरी चौंतारीमा बसेर
रुमालले आँशु पूछी खाली निधार साँचेर
अरुका चेली आउँदा दुखी मन गर्दा हौंला
पिरगर्दै आफ्नी चेली टाढा भै’भन्दा हौंला
मखमली सयपत्री आँगनमा फूल्ने भो
गलामा लाउँन नपाई त्यसै झर्ने भो
पर्खीराख माईती राजा अर्को साल आउने छु
संघारमा ओखर फोरी लामु आयु माग्ने छु
हे माईती राजा अब चिन्ता धेरै नगर
पर्खीराख आघौं आउँछु सप्तरङ्गी टिका लिएर





