आमालाई चिठी
-उमेश अधिकारी
भाग्यमानी पातै पिपल, पाती हुन्छ आमा
फुल जस्तो बैंश बरु घाती हुन्छ आमा !
परदेश कि दुखि चेली, कोहि छैन आफ्नो,
दुख हेर्ने दैब पनि माथि हुन्छ आमा !
बिहान देखि अबेर सम्म, कामै काम अति,
खाना खाई सुत्न लाई राती हुन्छ आमा !
कहिले बाउ, कहिले छोरा, कहिले पाहुनाहरु,
पालै पालो बिच्छौनामा साथी हुन्छ आमा !
सकिन्न कि बाँच्न अब, मर्छु क्यारे यतै,
तडपियर बाँच्नु भन्दा जाती हुन्छ आमा !
बलकोट – ८, भक्तपुर ।





