लिप्त हुन देउ तिमीमा
-अबिरल यात्री
म तिम्रो निम्ती भिखारी नै बनिदिउँला
त र नसम्झ मलाई तिम्रो यौवनको दासी भनी
हो, म आशक्त भएँ हुँला तिम्रो बैँशको निम्ती
त र अन्यथा नसोँच प्रिय !
यो प्राक्रीतिक नियमको चाहाना हो
मीठास हो, समर्पणको बहानाको
तिमी मलाई तिरष्कार गर्न सक्छौ
क्षण भरको असमझदारिमा
तिमी मलाई घ्रीणाको उपहार दिन सक्छौ
मेरो लापारवाही र जिद्दिमा
त र त्यसो हैन प्रिय !
म तिम्रो यौवनको दासी मात्र हैन
म तिम्रो रूपको प्यासी मात्र छैन
बस, म त हुँ,
आजीवन तिम्रो मायाको भिखारी पनि
अनी हुँ म तिम्रो
भावनाको दासी पनि ………..,
त्यसैले बिन्ती स्वीकारीदेउ
मेरो मायाको भिख पनि
समर्पित भै देउ ममा तिम्रै माया भनि
अनी लिप्त हुन देउ तिमीमा आजीवनभरी
तोडीदेउ तिम्रा लाज र असमंजस्ताका पर्खालहरु
आउ सम्हाल यो बेगले आएको बैंशका उन्मादहरु





