पीडा
-बियोगी शर्मा/धरान
फुट्यो मुटु बलेको छ, आगो दन्दनी
निभाउन सक्दिन तिम्रो अतीतको मायाले पनि…..
शरिरमा पसीना होकी तिम्रो तिरस्कारको गंगा
रोक्न सकिन मैले प्रकृतिको शीतल हरियालीमा पनि.….
भत्किए सबै सपना मेरा अनि टुक्रिए मेरा कोमल भावनाहरु
थाम्न सकिन मैले तिम्रा बहकिएका पाईलाहरु……….
जिउँदो लास छु अनि विवस छु बाँच्नलाई
अनि निशब्द सौंदर्यहिन छु दुनियाँमा देखाउनलाई……




