गीत

प्रकाश सापकोटा

 prakasha-sapkota-golf

यता अभिमान छैन, उता पहिचान छैन

 फगत एक्लो गोरेटोमा कतै चिनजान छैन

 फूलैफूलको बासनामा रमाउने चाह थियो

 बगैंचाले बिदा गर्‍यो झाडीहुँदी आइपुगियो

 खोज्दाखोज्दै मुलबाटो रात पर्न आँटिसक्यो

 लाग्छ अब पैतालाले आफैंलाई ढाँटिसक्यो

 बिरहको ठण्डीमाझ मन ओढाउने बर्को छैन

 निर्विकल्प टोलाउँछु खै उपाय अर्को छैन

 भरोसाको पालुवा नि त्यसै ओइली झर्ने भयो

 जिन्दगीको झरी-बादल यसै भोग्नु पर्ने भयो

 भाग्यको यो खडेरीमा चैते हुरी चलेपछि

 के होला र उपचार कलेजो नै जलेपछि

 अभागी यो निधारमा घाम लाग्ने छाँट छैन

 मैनबत्ति जलाई बस्ने धैर्यता र आँट छैन

  यता अभिमान छैन, उता पहिचान छैन

 फगत एक्लो गोरेटोमा कतै चिनजान छैन

 -बनेपा, काभ्रे

हालः दोहा

तपाइँको प्रतिक्रिया