ईटालीमापनि भब्य रुपमा जम्यो तीज

मुकुन्द पौड्याल/मिलान (ईटाली)

neplai-community-in-milan-Italy-3409890

नेपाली दिदीबहिनीहरु आफ्नो जन्म भूमि देखि धेरै टाढा । माईती घरबाट टाढा । माईती घर कसरि जाने यति ताढाबाट ? जन्मभूमि हुँदा माईती जाने गरेको मन । बिदेश छँदैमा नमनाएर मान्छ ? तीज लाग्न थालेपछि मन पोल्छ । रहर उम्लिन्छन् । नाचेको, गाएको, गाउँ घरमा सँगी साथीसँग रमाएको । अनि हौसिएको ।  चुलो चौको । वल्लो पल्लो घरका सबै आँगनमा भेटेर गरिने नाचगानको रौनक । यता फलाहारको प्रसंग । अर्को तिर पञ्चमी सञ्चमी मनाउने लहर । त्यहि तिर्सन मेट्न यसपाली ईटालीको मिलान शहरका दिदी बहिनीहरु भेला भए तीज मनाउन । 

neplai-community-in-milan-Italy-34230

जति सके । जति जुटे त्यति भेला भए । मिलेजुली नाचे । गाए । माईती घरमा झैं दुख सुख साटे तिनले यहाँपनि ।

neplai-community-in-milan-Italy-342012

त्यति मात्रै हो र ? पुरुष साथीभाईहरुलाई पनि छुटाएनन् । निम्ता गरे । मिलेर खाए। तिनलाईपनि खुवाए । ब्रतसमेत बसे बिदेशै किन नहोस । अस्ति २३ अगष्टका दिन यो भेला र यस्तो रमाईलो गर्ने ठाइँ दियो नेपाली नमस्ते रेस्टुरेन्टले । बिदेशमा बस्दाका आफ्नै समस्या । आफ्नै हतारो । सबैको हुटहुटी । सबैलाई खबर गर्न त सकेनन् नै ।

neplai-community-in-milan-Italy-40123

neplai-community-in-milan-Italy-0654310

तरपनि जती भेला भए ति नेपाली सारी र पहिरनमा आए । रमाईलो त गरे नै, आफ्नो पर्वलाई जिवन्त राख्ने काम पनि गरे ।

तपाइँको प्रतिक्रिया