सम्झनाका धुमिल बिम्ब

विद्या सापकोटा

bidhya__good_moments_045111

 गजघुम्म अनी रहस्यमयी आकाश

 भिजेका भुईँ, टल्केका पातहरु

 उर्वरता पस्किँदै जवान दुवोहरु

 स्व-स्फूर्त मुस्कानमा सप्तरङ्गी इन्द्रेणी

 लजाएथ्यो प्रकृती मानौं खिचिँदैं थिए तस्बिरहरु !!

 

 पोखिँदा गगन, सिचिँदै अनि बग्दैथे मनहरु

 नशालु भिजाइ, चन्चलताका बहावहरु

 छिनमै रापिलो चुम्बन छाड्दै ओर्लिँदा रवी

 मृदु मुस्कानमा प्रतिक्षारत थी धर्ती

 मिल्दा दुइ, हराभरा देखिएथे पाखाहरु ।।

 

 त्यो आशाले रापेको दिन थियो

 सपनाले गराएको संगम थियो

 साँच्चै आत्मियताले कसिएको बन्धन थियो

 कुन दिन थियो त्यो, थाहा छ तिम्लाइ

 त्यो दूइ आत्माको सुमधुर मिलन थियो

 त्यो….त्यो हामी भेटिएको दिन थियो !!

  कल्याणपुर -७, नुवाकोट

 हालः शंकरदेव क्याम्पस, काठमाडौं

 [email protected]

तपाइँको प्रतिक्रिया