पेरिसमा लोकतन्त्र दिवस

democracy-day-paris-1.jpg

(कार्यवाहक धिताल लोकतन्त्रको उपलक्ष्यमा मन्तब्य दिदै )

अस्ति अप्रिल २२ का दिन नेपालीहरुले लोकतन्त्र दिवस मनाए विश्व भरिनै। दुतावासमा बत्ती बालियो। झण्डा फहाराईयो। लोकतन्त्रका बारेमा चिन्तनमनन गरियो होला सायद कतैकतै। पेरिसमा पनि दुतावासले लोकतन्त्र दिवस मनायो। बुधबार परेकाले यहाँ थोरैमात्रै नेपालीहरु पुगेको कुरा सहभागीहरुबाट थाहा पाइयो।  तर लोकतन्त्र भनेको लोकतन्त्रनै यो। लोकतन्त्रको रस सबैले चाख्न पाउँछन। लोकतन्त्रले लोक कै उन्नति र स्वतन्त्रताको फल दिन्छ। हिजो राजा ज्ञानेन्द्रको तानाशाही हुँदा लोकतन्त्र गुप्तवास थियो।

स्वदेशमा मात्रै होइन बिदेशमापनि। हिजो तिनका समर्थकहरु ज्ञानेन्द्रवाद सर्बोच्च ठान्थे। तर लोकतन्त्रवादीहरुले त्यो ठान्दैनन। ठान्नु हुन्न पनि। त्यसैले आजको लोकतन्त्र ज्ञानेद्रवाद, मण्डलेवाद, लोकतन्त्रवादी सबैकालागि आयो। यो नै लोकतन्त्र हो। राजा भनेका राजै हुन भनेर शिर दिने, खुट्टा ढोग्नेदेखि लोकतन्त्रवादीका नाम लिष्ट उतारेर ज्ञानेन्द्रका पाउमा बुझाउनेसम्मलाई लोकतन्त्रले ठाउँ दियो। संभवत संसारभरिनै यस्तै भयो जहाँ जहाँ नेपालीहरु छन र जहाँ जहाँ लोकतन्त्र दिवस मनाईयो। कार्यवाहक राजदूत अरुण प्रसाद ढितालले सानो मन्तब्य दिएका रहेछन लोकतन्त्र दिवसका उपलक्ष्यमा। कार्यक्रम छुट्किलै भएको रहेछ।
यहाँ  पेरिसको गोरखा रेष्टुरेन्टमा मनाईएको लोकतन्त्र दिवसका केही तस्बिरहरु छन। यि सबै तस्बिर फ्रान्सेली फोटोग्राफर फिलिप स्टिमारिडिसले खिचेका हुन र मलाई बिनोद खकुरेलको सहयोगमा प्राप्त भएका। लोकतन्त्र आउनु अगाडि पेरिसमा पारश शाहलाई कालो झण्डा देखाउन को को गएका थिए, कस्तो भएको थियो, कोको रहेछन त लोकतन्त्रका पक्षमा भनेर जान्न र हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस।

democracy-day-paris-2.jpg

( पेरिसका एक चर्चित नेपाली पेम्बा शेर्पासग अन्तर्वार्ता लिदै बिनोद खकुरेल)।

democracy-day-paris-3jpg.jpg

(लोकतन्त्र दिवस मनाउन पुगेका केही नेपाली महिला) ।

democracy-day-paris-4jpg.jpg

(अन्य केहि नेपालीहरु) 

democracy-day-paris-5.jpg

(कार्यवाहक राजदूत अरुण प्रसाद धिताल (दायाँबाट दोस्रो) सँग केही नेपाली) । 

तपाइँको प्रतिक्रिया