आउ न सँगै घुम्न जाउँला मौला कालीका

-बिश्वोराज न्यौपाने

 लोभै लाग्ने लर्के जोबन, दाई कि सालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका ।

 

 मन मिले गरौला नि माया साटा-साट,

 डाँडा बाट हेरौला नि चितवनको फाँट ।

 

 काखैमा नारायणी, डाँडा कालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका ।

 

 एअरपोर्ट बाट उत्तर तिर हिमाल हाँसेको,

 दक्षिण तिर निकुन्जमा मयुर नाँचेको ।

 

 सँगै-सँगै रत्त्ननगर नगरपालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका।

 

 हाकिम चोकमा उखु को जुस सँगै बसी पिउँला,

 तिम्ले दिए चोखो जोबन मैले पनि दिउँला ।

 

 कत्ती राम्री दाई कि साली, फुल डालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका ।

 

 लोभै लाग्ने लर्के जोबन, दाई कि सालीका,

 आउ न संगै घुम्न जाउँला मौला कालीका ।

 हेटौंडा-३, देवीपथ

मकवानपुर

तपाइँको प्रतिक्रिया