फेरी किन ?
–अनुभव
रोकिएका मेरा आँसु झार्न किन आउनुभयो ?
बाँच्ने कोशीस गर्दै थिएँ मार्न किन आउनुभयो ?
फूलको जोवन हजुरको भमराको खिचातानी
पुन: एक पटक झारा टार्न किन आउनुभयो ?
जि जि हजुर भनी भनी वसन्तको ओईरो दिए
आज फेरी भुमरिमा पार्न किन आउनुभयो ?
सपनाको मेरो घरबार रजिनामै दिई अन्तै
आँगनीमा तुल्सिको बोट सार्न किन आउनुभयो ?
माया प्रेमको सिढी बनाई सफलताको सिखर चुम्न
जानु भा’थ्यो जित्छु भनी हार्न किन आउनुभयो ?
रोकिएका मेरा आँसु झार्न किन आउनुभयो ?
बाँच्ने कोशीस गर्दै थिएँ मार्न किन आउनुभयो?
लेखनाथ-४ पोखरा, नेपाल
हाल: बग्दाद, ईराक ।
![Udeep[1] Udeep[1]](http://www.nepalplus.com/wp-content/Udeep1.jpg)




