प्रलोभनमा फसेको गाउँले मन (कथा)

-गिता थापा, ईजरायल

p3110015111बिहान घामको झुल्कासँगै जन्महुन्छ प्रतिमाको । त्यति बेला प्रतिमाको बाउ कुलबिर दुध दुहुँदै हुन्छ भैंसीको गोठमानै । त्यो अबोध बालिकाको तिखो आवाजले उठछ । र कुलबिर आवाजसँगै आफ्नो कान ठाडो-ठाडो पार्दै सुन्छ । त्यतिकैमा कुलबिरकी दिदी गौथली फत्फताउँदै ढोकाबाट बाहिर निक्लिन्छे । कुलबिरपनि आफ्नो हातभरी दुधको बालटिन बोकेर भित्रपस्न के लागेको हुन्छ. उसले एकतमासले फतफताउँदै गरेकी आफ्नी दिदिलाई देखेर सोध्छ-हैन ए दिदी के भयो तिमीलाई ? अनी आफ्नो भाई कुलबिरको सोधाईको आवाजसँगै उत्तर दिन्छे, रिशले आगो भएकी गौथली के हुनु नी ! तेरी प्यारी जीवनसङ्गिले छोरीको जन्मदि। अब सातवटी छोरीले तेरो यो  झुप्रो भरिदिने परि। केही नबोली कुलबिर भित्रपस्छ । दुधको बालटिन थपक्क राखेर थुचुक्क भुईमा बस्छ कुलबिर थाप्लोमा हात लगाएर। यता कुलबिरकी जीवनसङ्गी म्यौची म्रित्युको मुखबाट आफुलाई उम्काएर शिथिल भएर चिसो भुइँमा ईन्तु न-चिन्तु भएर पल्लटीरहेकी छे । त्यही छेउमा अबोध बालिका प्रतिमा जाडोले थर-थरी काम्दै, हातको औंला चुस्तै, ठुलो-ठुलो आवाज निकालेर रुँदै हुन्छे । कसैको मायाको न्यानु र शितल काख खोजेको होला उसको अबोध शिशु मनले ।

 त्यत्तिकैमा पल्लाघरकी छिमेकी जेठिआमैको आगमन हुन्छ । जेठिआमै ढोकाबाट भित्र के पस्छिन त्यहाँको द्रिष्य देखेर चकित पर्छिन । अनी कुलबिर तिर हेर्दै कराउँछिन। हन ए  बा केहो  ? कुलबिर तेरो पारा हन  के भयो तँलाई  ? खौलामा परेको गाई र माई ति दुबै एउटै हुन रे । अरुलाई त सेवा गर्नु पर्ने बेलामा हन यो के भएको नि ? आफ्नी जीवनसङ्गिलाई पनि यो दशा । लु बा छिटो तातो पानी तताएर यहाँ ल्याईदे । बच्चाको साल-नाल बेडाउनु पर्छ । बिचरा यो म्यौचीलाई पनि कती भोक लाग्यो होला ? तातो भात र गुन्द्रुक छिटो उमाली दे ।

 त्यसपछि जेठिआमै म्यौचीको छेउमा जान्छिन । कुलबिर उठेर चुलोतिर लाग्छ। आज-भोली भन्दा-भन्दै दिनले फड्का मारेर आज म्यौची सुत्केरी भएको दिन पनि एघार दिन बित्तेछ । कुलबिरले अगिल्लो दिन नै पण्डीत खोजेर तयार पारेको थियो। कुनामा पसेको एघार दिनपछि आज म्यौचीले घामको पारीलो रापले आफ्नु आङ सेकाउन पाउने छ । र ति प्रतिमाका भर्खर बन्दै गरेका कलिला अङ्ग प्रत्यङ्गलेपनि रिती-संस्कार अनुसार न्वारनपनि सकिन्छ। र सबै आफ्ना-आफन्तपनि बाटो लाग्छन ।

 कुलबिरका बाबु आमा त कुलबिर पाँच-बर्षको हुँदा नै मास छर्न गएका रे । उसलाई उसैकी दिदी गौथलिले हुर्काएर बैबाहिक सुत्रमा बाँधिदिएकि थी । अब आज त कुलबिरकी छोरी सहित तीनजना भएका थिए । कुलबिरका परिवार यसो एक-दुई पैसाको मुख हेर्न दुध बेच्ने काम गर्थ्यो । यसरी नै उसका दिनचर्या बितेका थिए ।

 एकदिन सधैं जस्तै कुलबिर दुध बोकेर बाटो लाग्छ । जादै गर्दा बाटोमा उसको पुरानो साथी धनेसँग भेट हुन्छ । कुलबिर धनेलाई धेरै दिनमा भेटेर होला हतास र माया ति दुबै एकैसाथ ओंठमा निकालेर बोल्छ ।  हन ए धने ? यो त चिन्नै नसक्ने गरी मोटो भएछ बा शहर गएपछि । हनँ कहिले आएको अनी त ? धने-हिजो साँझ-साँझमा आईपुगेको । धनेले उत्तर फर्काउँछ । र कुलबिरलाई सोध्छ। धने -अनी तेरो के छ नी कुलबिर खबर ? बिहापनि गरिस रे ? अनी बिहा कहिले खुँवाउँछस मलाई ? अनी कुलबिर भन्छ- खुवाउँला नी ! निकै बस्छस् क्यारे हैन ? बल्ल-बल्ल गाउँमा आएको छस धेरै वर्षपछि । रमाईला र मिठा कुरा कानिका साथै  भञ्ज्याङपनि आउँछ । र धने र कुलबिर अन्तरेको चिया पसलमा पुग्छन । अनी कुलबिर दुध  दिन्छ अन्तरेको पसलमा । धनेले चिया मगाउँछ । र दुबै बडोमिठा गफ मार्दै चिया खाईसक्छन ।

 त्यसपछि कुलबिर धनेतिर हेर्दै भन्छ- ल धने आफ्नु त अभागी कर्म । यिनै बस्तु भाउको स्याहार सुसारमा नै दिनरात बित्छ । म अहिले लाग्छु घरतिर । अनी कुलबिर उठेर के हिडँन लाग्छ । भन्छ – धने कुलबिरतिर हेर्दै ‘त पनि जान्छस भने हिड क्यारे कुलबिर यसपाली म सँगै शहर ‘ । अनी कुलबिर भन्छ- खै धने आँफु’त एक्लो मान्छे सोच्नु पर्छ ! त्यसपछि कुलबिर धने सँगबाट छुट्टीएर घरको बाटो लाग्छ ! बाटोमा कुलबिरले धनेले भनेको कुरा पटक-पटक  सम्झिन्छ, ‘ जान्छस भने हिड्क्यारे ‘ । तिनै कुरासँगै कुलबिरलाई बाटो काटेको पत्तै नभैकन कतीखेर घरको आँगनमा आइपुगेछ । बस्तुको चर्को आवाजले उसलाई झस्काई दिन्छ । 

 घामपनि आज त धेरैमाथि आइपुगेको थियो । बस्तुपनि भोकले आत्तिएर होला किलोबाट दाम्लो नै छिनालुम्ला झै गरी कराई रहेका थिए । अनी बस्तुको गोठमा पुगेर कुलबिर कराउछ – हन ए  म्यौची ? यो त बा त्यो छोरीको गफासँगै अल्मलिछे कस्ती आईमाई होली । कुनै सुर्ता छैन । फत-फताउँदै बाख्राको टाटनामा हरियो अलिकती घाँस लगाइदिन्छ कुलबिरले ।                                                       

 म्यौचीपनि बुढाको बोली सुनेर ढोकाबाट बाहिर पिँढीमा आउँछे । र भन्छे -हन ए प्रतिमा का बा ? आज त सधैं भन्दा बेर गर्यौ नि-हन कहाँ अल्मल भयों ह ? म्यौचीको सोधाईमा कुलबिर जवाफ दिन्छ – कहाँ हुनु नि, त्यहि धने मेरो साथी के । मैले तलाई भनेको थिएँ नी शहर गएर धेरै धनी भएको छ भनेर।  हो त्यो बाटोमा भेट भयो के । त्यसैले अली बेरभयो। म्यौची -ए त्यो धने कहिले आएछ हँ ? हिजो साँझ साँझमा आएको रे, कुलबिर म्यौचीलाई जवाफ दिन्छ । र बस्तुलाई पानीदिँदै ‘यि बस्तुका डाम्नाले पनि सारो सताए बा ‘ भन्दै बाख्राको किलो र दाम्लो बोकेर बारीको पाटो तिर झर्छ । अनी म्यौची चुलो धुवाउनतिर लाग्छे ।

 फेरी केही बेरमा कुलबिर ए म्यौची ? अनी म्यौची पिँढीमा निक्लिएर भन्छे- कत्ती कराउँदा रहेछन यि त । फेरी के भयो  ? कुलबिर भन्छ -अनी भात पाक्यो ? साह्रै भोक लागेको छ । अनी म्यौची – पाक्दैछ। आमा पनि आएकी छिन् । कुलबिर कतीखेर नि ? अली बेर भयो मलाई सुत्केरी खुवाउन लिन आएकि रे । अनी कुलबिर ल-ल म आउँछु यती बस्तुलाई पगा लगाएर । त्यसपछि म्यौची चुलोतिर लाग्छे । म्यौचीकि आमा चुलोको छेउमा बसेर प्रतिमालाई चिल्लो लगाईदिँदै हुन्छे । अनी केही बेरपछि कुलबिर भित्र पस्छ र सासु नजिकै गएर भन्छ- ढोग गरे आमा । म्यौचीकी आमा ज्वाँईलाई भाग्यमानी हुनु । अनी कुलबिर घरतिर सबै बेसै छ ? भनेर सोध्छ । ‘खै ज्वाँई तपाईंका ससुरा बा अली चिसोले होला रुघा मर्किले बिरामी परेकाथिए । ‘ कुलबिर – ए अनी औषधीमुलो केही गर्नु भएन त ?  ‘गरेको माथिल्ला’घरे बैद्दबाको झारबुटी ल्याएर खुँवाएको !’ म्यौची – ‘ ल भान्छा तयार भयो ‘ भन्दै औखरामा पानी दिन्छे हात धुनलाई । अनी प्रतिमाका’बा तिमी पनि आउँ है अगिनै भोक लाग्यो भनेका होइनऊ ? 

 त्यसपछि म्यौची आमाको तातो काखमा निदाएकी प्रतिमालाई झोलोङ्गोमा लगाइदिन्छे । र भातको लगाएको भाग आमालाई दिँदै भन्छे ‘ल आमा छोरीको घरमा आएकी के खानु छ र ! यहि रुखोसुखो तिम्रा ज्वाँईले कतिदिन भयो ठेकामा दुध पनि जमाएका होईनन । यि भैंसीहरुपनि देख्नलाई गोठैभरी । तर सबै थाराभएका छन । तिम्रा ज्वाँईलाई यि बेचेर लैना ल्याउँ भनेको कानमा बतास लाएका होईनन्. भन्दै पहेँला मकैको भात’र गुन्द्रुक्को’भाग सारी दिन्छे । अनी म्यौचीकी आमा यहि पनि ईश्वर दाहिने भएर खानपाएका छौ बाबै । पारी गाउँमा तेरी सानीमा ‘यसपाली अन्नको अनिकाल लागेर एक थोपो उब्जाउन सकिएन दिदी । यसो केटाकेटीलाई खोले खुवाउन पारी गाउँमा सुबिदारको घरमा गएर घुन लागिसकेको मकै आउँदो बर्षमा एकको दुई दिन्छु भनेर लियाएर खोले खुँवाउदैछु ‘ भन्थी । त्यो पनि साह्रै अभागि  रहिछे । छोरा-छोरी साना-सानाछन ! कहिले हुर्काउनु ! बरा कठै ! तेरा सानुबाउलाई पनि औलोको ज्वरोले लगिहालो चाँडै ।

 म्यौची – के थपौ आमा ? ‘ पर्दैन त पनि खानबस भातसेलाउछ ।’ अनी म्यौची ‘ए प्रतिमाका बा तिमीलाई नि के थपौ नि ? ‘ कुलबिर-अलिकती तिउँनको झोल भए ले । र तँपनि खान बस। अनी म्यौची कुलबिर लाई तिउँनको झोलदिएर आँफुपनि खानबस्छे । कुलबिरकी सासु’चै उठेर जुठेल्नातिर लाग्छे । पिँढीमा ओछ्याई राखेको सुकुलमा गएर बस्दै सालको पात पोल्टाबाट निकालेर चुर बेरेर एकधुनमा तान्छे । केहीबेरपछि कुलबिर पनि सासुको छेउमा आएर बस्छ । सासु-के गर्ने ज्वाँई गाउले शत्रुका मुखेन्जेल यसो लाजगाल ढाक्नलाई भएपनी छोरी लानु पर्‍यो भनेर लिन आएकी । गुनासो पोख्दै भन्छे – कुलबिरलाई उसकी सासु यहिँ छे । हाम्रो आँखाको नजिक एउटी पिरलाई भुलाउने बाटो । कुलबिर -ठिकै छ नि आमा । तपाईंलाई थाहाँ’नै छ । मता एक्लोमान्छे । म्यौची नहुँदा त दैलो नै लाग्छ । चाँडै पठाईदिनु होला ।

 सबै काम सकेर माइत  जान फुरुक्क परेकी म्यौची नानीका थाङना भुँकुटा पोको परेर बाटो लाग्छे । अनी कुलबिर लाई भन्छे – अली तल पुगेर कतै जादाँ दैलोमा साँचो ठोकेर हिँड है प्रतिमा का बा ? यसो पानी खाने एउटा सिलबरे लोटा कसैले लगे भनेपनि खाँचै हुन्छ नि । कुलबिर – ल ल जा । छोटा दिन छन । मिलिक्कै जान्छन । घरमा पुग्न अबेला हुन्छ। फेरी बाउ पिँढीमा बसेर बाटोमा आँखा ओछै रहँदा हुन ! म्यौची बाटो लाग्छे । कुलबिर – छिट्टै फर्किहै म्यौची ? तँलाई थाहाँ ‘नै छ ! बस्तुको लठारोले भातपनि पकाएर खान भ्याउँदिन । ल ल चिन्ता धेरै नगर । लिन आऊँ क्यारे ?कुलबिरलाई त्यसो भन्दै म्यौची आमाको पछी-पछी माइती घरकोबाटो लाग्छे । बाँकि अर्को आईतबार हेर्नुहोला-नेपालप्लस)

तपाइँको प्रतिक्रिया