फ्रान्समा पुन:बिजय गर्न प्रधानमन्त्रीलाई ६०० दिन, एक खर्ब युरो

फ्रान्समा कोरोना भाईरसले गरेको क्षतीलाई आर्थिक र सामजिक रुपमा बिजय गर्न फ्रान्सेली प्रधानमन्त्रीलाइ छ सय दिन र एक खर्बको बजेट छुट्याइएको छ ।

राष्ट्रियसभामा एक घण्टा लामो भाषणमा प्रधानमन्त्री जँ कास्तोले प्रतिनिधिहरूबाट विश्वासको लिएका थिए । संसदमा आफ्नो निति तथा कार्यक्रम संवोधनकका क्रममा उनलाई कोरोनापूर्वको अवस्थामा आर्थिक स्थिति पुर्‍याउन यति समय र रकम लाग्ने घोषणा गरिएको हो । राष्ट्रपती एमानुयल माख्रोंकोको कार्यकालको अन्त्य सम्मका लागि आफ्ना नीतिको मुख्य बुँदाहरूबारे विस्तृत जानकारी दिने क्रममा उनले यो घोषणा सुनाएका हुन् ।

जँ कास्तोको सरकारलाई कोरोना भाईरस अघिकै अवस्थाको आर्थिक स्थितिमा पुर्‍याउन एक खर्ब युरो लाग्ने भन्दै छुट्याइएको हो ।

आफ्नो निति तथा कार्यक्रम घोषणा गर्ने उनको प्रस्ताबमा उनले अधिकतम समर्थन पाएका छन् । संदसमा भएको ५७७ मत मध्ये उनले आफ्नो पक्षमा ३४५ मत पाए भने ४३ मत अनुपस्थित र १७७ मत उनको निति तथा कार्यक्रम बिरुद्द पर्‍यो ।

फ्रान्स पूनर्निर्माणको ठूला आस्वाशन दिएको भन्दै प्रतिनिधिहरुको आलोचनाको सामना गर्नु परेको १२ दिन पछि प्रधानमन्त्रीले भने “पहिलो महत्वाकांक्षा अथाह छ । यतिखेर फ्रान्सलाई फरक अवस्थामा मिलाउन, उनीहरुलाई जोड्न वा पुनर्निर्माण गर्न अवस्यक छ र यो सरकार त्यसैमा केन्द्रित छ “।

फ्रान्सलाई पूनर्निर्माण गर्न यस परिप्रेक्षमा उनले आफ्नो राष्ट्रपतीको अन्तिम दुई वर्षको मुख्य लक्ष्य विकास रहेको बताए । त्यसमा रोजगार, सार्वजनिक कार्यको दक्षता, आर्थिक सार्वभौमिकता, वातावरणिय र जैविक क्षेत्रको सुधार, सामाजिक सुरक्षा प्राथमिकतामा रहेको उल्लेख गरेका छन् ।

देशको आर्थिक अवस्था बिग्रिएकाले बेरोजगार बिरुद्दको लडाई र रोजगारीको सुरक्षालाई आगामी १८ महिनासम्म उच्च प्रथामिकतामा राख्ने उनको लक्ष्य छ । उनले युवाहरुको घरभाडामा चार हजार युरोसम्म सहयोग गर्ने, तिनलाई तालिम दिने र अर्थतन्त्रलाई उचाल्ने राष्ट्रपतीको भनाईलाई दोहोर्‍याए ।

उध्योग र कलकारखानाकालागि ४० अर्ब छुट्ट्याएकोपनि उनले उल्लेख गरेका छन् । फ्रान्स अब्यवहारिक र धेरै क्षेत्रमा आश्रित अवस्थामा पुगेको भन्ने बिरोधी र आलोचनकहरुको भनाईलाई उनले ठाडै अस्विकार गरे ।

उनको योजनामा ४० अर्ब युरो भवनहरुलो पूनर्निर्माण, संरक्षण, आवासिय भवनहरुलाई वातावणियकुलित बनाउने योजना, पर्यावरणिय ब्रिद्दी र पर्यावरणिय हितका अन्य अनुसन्धानकालागि परेको छ ।

(नेपालप्लसको साथमा ए एफ पी, फँस न्युज २४ र ल फिगारो)

तपाइँको प्रतिक्रिया