आफ्नो अडानबाट पछि हटे अमेरिकी राष्ट्रपती ट्रम्प, लगाए मास्क

‘म मास्क लगाउँदिन’ भनेर जबर्जस्ति गर्दै आएका अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नै अडानबाट पछि हटेर मास्क लगाएका छन् ।

वाल्टर रीड अस्पतालमा चिकित्साकर्मीहरू र घाईते सैनिकहरुलाई  भेट्न जाँदा ट्रम्पले  कालो मास्क लगाएका हुन् ।

आफूले महिनौंदेखि लगभग घ्रिणा गर्दै आएको मास्क लगाएर अस्पत्ताल पुगेका राष्ट्रपतिले भने, “म कहिल्यै मास्कको बिरूद्ध भईन, तर मलाई विश्वास छ कि उनीहरूसँग समय र ठाउँ छ ।”

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले सार्वजनिक रूपमा अनुहार छोप्न मास्क नलगाएकोमा आलोचना गरेका ट्रम्पले वाल्टर रीड अस्पत्ताल जाँदा छेउमा सुनको प्रेसिडियन मोहर लगाएको गाढा निलो मास्क लगाएका थिए ।

व्हाईट हाउस चीफ अफ स्टाफ मार्क मेडोज र सेक्रेट सर्भिसका सदस्यहरूले पनि लगभग एक घण्टाको अस्पत्ताल भ्रमणमा मास्क लगाएका थिए ।

पछिल्ला दिनमा ट्रम्पले मास्क नलगाउने आफ्नो बानीको सार्वजनिक विरोधलाई नरम पार्ने प्रयास गरेका छन । सार्वजनिक स्वास्थ्य अधिकारीहरुले ट्रम्पको मास्क बिरोधी बचनको आलोचना गर्दै राष्ट्रपतीले राम्रो उदाहरण बसाल्नु पर्ने बताउँदै आएका थिए । उनीहरूको भनाईमा धेरै ट्रम्प अनुयायीहरूले उनको नो-मास्क नेतृत्व अनुसरण गरेका छन् । त्यसले गर्दा घातक भाइरसको फैलावटमा राष्ट्रपतीले योगदान पुर्‍याइरहेका छन् । अस्पतालमा उनले लगाएको मास्क सार्वजनिक आलोचना मत्थर पारेर लोकप्रिय बन्ने र घुमाउरो पाराले आत्माआलोचना गर्ने प्रयासकारुपमापनि लिएका छन् ।

तपाइँको प्रतिक्रिया