पुराना पार्टीदेखि फ्रान्सेलीपनि वाक्क : ४० प्रतिशत मतदान, हरियाली पार्टी उदाउँदै

दक्षिणपन्थी, समाजवादी र कट्टर दक्षिणपन्थी लगायतका पुराना पार्टी र राजनितिबाट फ्रान्सेलीहरुपनि वाक्क दिक्क बनेको संकेत देखिएको छ । फ्रान्सका वातावरणीय दलहरूले भर्खर भएको नगरपालिका चुनावमा उकालो लागेको देखिएपछि यो सफलतालाई स्थानीय मिडियाले “हरित छाल” भनेका छन् । यहाँको ग्रिन पार्टीले बोर्दो, लियों, स्ट्रासबर्ग र बेसकँसोँलगायत महत्त्वपूर्ण ठूला र मध्यम आकारका शहरहरूमा कब्जा जमाएका छन् ।

“यो निर्वाचनमा इकोलोजीले ठूलो कदम चालेको छ” पार्टीका सचिव जुलियन बायाउले भने “जलवायु र सामाजिक न्यायमा काम गर्ने जनादेश हो । फ्रेन्चहरू परिवर्तनका लागि तयार छन् ।” “ति महान छन्, हामी पनि त्यस्तै छौं” उनले निर्वाचनको नतिजापछि आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।

वातावरणवादी पार्टी र यसको वामपन्थी सहयोगीहरूले स्थानीय चुनावमा लियों, स्ट्रासबर्ग र बोर्दो लगायतका प्रमुख शहरहरूमाथिको पुराना पार्टीको नियन्त्रण जित्न थालेपछि हरियो छालले फ्रान्सलाई नियन्त्रणमा लिएको छ । युरोप ईकोलोजी र ग्रिन पार्टीले यि ठूला शहरहरु आफ्नो कब्जामा लिन सफल भएका हुन् ।

पेरिसको समाजवादी पार्टीकि मेयर एनी हिडाल्गोलाई ग्रिन पार्टीले समर्थन गरेपछि उनलाई ४८ प्रतिशत मातले पुनः निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । अब ग्रिन पार्टीले निर्वाचनमा हिडाल्गोसित भएका सहमती कार्यान्वयनकालागि जोड दिने छ ।

राष्ट्रपति एमानुयल माख्रोंलेपनि निर्वाचनको नतिजाप्रति आफ्नो चिन्ता व्यक्त गरेका छन् । उनले स्वीकार गरे कि चुनाव “हरित छाल” द्वारा प्रभावित छ । ग्रिन पार्टीले आफ्नो निर्वाचनको नतिजालाई “हाम्रो देशको लागि नयाँ राजनीतिक मोड” को रूपमा वर्णन गरेको छ । परिदृश्य “पारिस्थितिकीय प्रणाली, जलवायु परिवर्तनका प्रस्तावित सुझावको वरिपरि रहेर पुनः संयोजित गर्नुपर्ने जनताको चाहना रहेको उल्लेख गरेको छ ।

ल मोंद दैनिकसितको एक अन्तर्वार्तामा ग्रिन पार्टीका यानिक जादोतले ग्रिन पार्टीको राम्रो प्रदर्शनलाई “सरकारको शक्तिहीनता, सरकार र पुराना दलद्वारा प्रस्तावित विकल्पहरूको अभाव, पारिस्थितिक र सामाजिक मुद्दाहरूमा दिशाहिनता, र यसको शासनको ठाडो प्रकृतिलाई जिम्मेवार ठहराए ।

ग्रिन पार्टीका यानिक जादोतले राष्ट्रपतीमाथि वातावरणिय मुद्दा सम्बोधन गर्न उति चाख नदेखाएको आरोप लगाएका छन् । उनले युरोप १ रडियोलाई अन्तर्वार्ता दिँदै राष्ट्रपतीले पूनर्गठन गर्न खोजेको मन्त्रीपरिषदमा आफ्ना मुद्दा स्विकार गर्ने प्रतिबद्दता नजनाएसम्म सहभागि नहुने बताएका थिए । यसले ग्रिन पार्टीहरु बलियो बनेको संकेत गर्छ । ग्रिन पार्टीले यसै महिना वातावरण संरक्षण, मौसम परिवर्तन, जलवायु संवन्धि नागरिक सम्मेलनले प्रस्ताव गरेका १४९ बुँदा लागू गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

आफ्नो बिजयसँगै ग्रिन पार्टीले नागरिक सम्मेलनका सदस्यहरूसँगको सभाको लागि राष्ट्रपति इमानुएल माख्रोंलाई दबाब दिन थालेका छन् । उनीहरुले अब आफ्ना वातावरणिय, प्रक्रिति संरक्षण, हरित एजेण्डामाथि सुनुवाई हुनुपर्ने दबाब शुरु गरेका छन् । के यसले फ्रान्सको राजनीतिक परिदृश्यमा गहिरो परिवर्तनको संकेत दिन्छ ?

दोस्रो चरणको स्थानिय निर्वाचनमा फ्रान्सका मतदाताले ४० प्रतिशत मात्रै मतदान गरेका छन् । एकातिर न्युन प्रतिशतले मात्रै मतदानमा भाग लिने अर्को तिर हरियाली पार्टीहरु लोकप्रिय बन्ने यो अवस्थाले के संकेत गर्छ । यसो हुनुमा कोरोना भाईरस संकटका कारण हो वा यो प्रजातन्त्र कता जाँदै छ भन्ने संकेत हो ? फ्रान्समा दुई महिनाको लकडाउनका कारण स्थानिय निर्वाचन तिन महिना ढिला भयो ।

तपाइँको प्रतिक्रिया