चीनसहित १५ मुलुकसितको सिमा युरोपेली परिषदद्वारा खुला, अमेरिका अझै प्रतिबन्धित

युरोपेली परिषद (ईयु) ले आज जुलाई १ देखि चीन लगायत बिभिन्न १५ देशहरुमा आफ्नो सिमाना खोल्ने निर्णय गरेको छ । तर संयुक्त राज्य अमेरिकामाथिको प्रतिबन्ध भने यथावत राख्ने निर्णय गरेको छ ।

चीनसितको अन्तर्राष्ट्रिय सिमा खुलेपनि चीनको अवस्था प्रत्येक दुई हप्तामा अद्यावधिक गरिने छ । आफूहरुले चीनलाई खुला गर्ने निर्णय गरेझैं चीनलेपनि युरोपेली परिषदलाई खुला गर्नुपर्ने शर्त राखिएको छ । कोरोनाभाइरस अझै फैलिरहेको भन्दै अ मेरिकामाथिको प्रतिबन्ध भने कायम राख्ने निर्णय गरिएको हो ।

अमेरिकाको छिमेकी क्यानाडालगायत जापान, अष्ट्रेलिया, न्यूजील्याण्ड र उरुग्वेलाई शर्तबिना सिमा खुला गरिएका मुलुकमा समावेश गरिएको छ ।

अल्जेरिया, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, रुवाण्डा, सर्बिया, दक्षिण कोरिया, थाईल्यान्ड र ट्युनिसियालाइ नखोल्ने निर्णय गरेको छ । ती देशहरूलाई ईयूका २७ सदस्य देशहरूमध्ये बहुमतको मतदानबाट निर्णय गरिएको हो ।

यो सूची कानूनी रूपमा गैर-बाध्यकारी भएपनि ईयूले भनेको छ “ईयुका सदस्य राष्ट्रहरु सिफारिस कार्यान्वयन गर्न जिम्मेवार छन।”

ईयुको बिज्ञप्ती अनुसार सदस्य राष्ट्रहरुलाई यात्रा प्रतिबन्ध पूर्णरुपमा तत्कालै नहटाउन सुझावसमेत दिइएको छ ।

बेलायत ईयु डिसेम्बर ३१ सम्म ईयुकै हिस्सेदार राष्ट्रका रुपमा रहने छ ।

महामारीको तुलनामा अवस्था सुध्रिएका देशहरुबिचको सिमा खोल्नु मूल उद्देश्य रहेको ईयुले बिज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यसैगरि ईयु राष्ट्रहरुबिचका नागरिक, तिनका परिवारहरुबिचको यात्रा खुला गर्ने निर्णयपनि गरिएको छ ।

अमेरिकासितको सिमा नखोल्ने तर कोरोना भाईरस फैलाएको देश चीनलाई खुला गर्ने निर्णयमा ईयुका केहि देशले आपत्ती जनाएका थिए ।

संयुक्त राज्य अमेरिका हाल कोभिड १९ बाट बढि प्रभावित भएको देश हो । यहाँ हालसम्म एक लाख २५ हजार भन्दा बढिको मृत्यु भैसकेको छ। युरोपमा भने दैनिक संक्रमण दर स्थिर भएको छ ।

तपाइँको प्रतिक्रिया