नेपाली नेता भारतीय गुलाम हुन छोड
हुनपनि हो, आम नेपाली जनता भारत भनेपछि त्यत्तिकै मुर्मुरिन्छन् । भारतिय सरकार भन्नासाथ टाउको चड्किन्छ अधिकांश नेपालीको । तर के गर्ने नेपालीको बिडम्बना ! हाम्रा नेतालाई तिनैको चाकरी नगरि हुँदैन । भारतीयको पाउमा नपरी ति सासपनि फेर्दैनन् । अहिले भारतले दाङ लगायतका कति ठाउँमा हजारौं नेपालीको उठिवास लगाएको छ । तरपनि हाम्रा नेतालाई, यो सरकारलाई तिनै भरतीयको गुलाम नगरि भएको छैन । तर खुशिको कुरो के भने सरकार जति लाचार बनेपनि कम्तिमा विश्वका कुनाकुनामा बसेका नेपालीहरुले भने त्यसको बिरोध जारी राखेका छन् । भारतीय हस्तक्षेपका बिरुद्दमा अमेरिकाको न्युयोर्क निवासी नेपालीहरुले केहिदिन अघि संयुक्त राष्ट्र संघ भवन अगाडि बिरोध गरे । ति नेपालीले भारतीयलाई नेपाली भूमी अतिक्रमण गरेकामा आपत्ती मात्रै गरेनन् कि भारतीयको गुलामी गर्ने हाम्रै नेता बिरुद्दपनि प्रदर्शन गरेछन् ।
प्रकाशधर तुलाधर र उत्तम मैनाली लगायतका जागरुक नेपालीहरुले भारतीय हस्तक्षेप बिरुद्द प्रदर्शन गरेपछि संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई ज्ञापनपत्रपनि बुझाए । पत्रमा उनीहरुले भारत्तीय सिमा सुरक्षा बलले नेपालको दाङ जिल्लामा गरेको अतिक्रमणले एउटा स्वतन्त्र मुलुकको अस्तित्वमाथि हस्तक्षेप हुनुका साथै लाखौं जनताको मानव अधिकार, शान्ति र स्वतन्त्रताको उल्लंघन भएको समेत उल्लेख गरेका छन् । भारतीयहरुले यस्ता वास्तबिकताको ऐतिहासिक रुपमै ढाकछोप गर्ने गरेको औंल्याएका छन् । प्रकाशित रिपोर्ट र संबिधान सभा संसदिय समीतिको अनुगमन अनुसार भारतीय अतिक्रमण पुष्टि भएको तथ्य पनि ज्ञापनपत्रमा उल्लेख छ।
उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई भारतियहरुले बिगतमा र अहिले गरेको नेपाली भूमी अतिक्रमणको सत्य तथ्य पत्ता लगाउन एउटा विश्वासिलो अन्तर्राष्ट्रिय टोली गठन गर्न माग गरेका छन् । भारतलाई नेपाली भूमी छोडेर आफ्नै ठाउँमा फर्काउनको लागि यथाशिघ्र संयुक्त राष्ट्रका सबै निकायलाई परिचालित गराउन आग्रह गरिएको छ । त्यसैगरि, पिडितहरुलाई आफ्नै ठाउँमा फर्काएर शान्तिपूर्वक बाँच्न पाउने वातावरण निर्माण गरिदिनपनि नेपालीहरुले मुनलाई आग्रह गरेका छन् ।






