वालवालिकाबाट सर्छ कि सर्दैन कोरोना ?
वालवालिका र कोरोना भाईरसका बारेमा धेरै कुरा अज्ञातनै छ । किन तिनीहरू यस रोगबाट कम प्रभावित भएको देखिन्छ ? र कोरोना भाईरस संक्रमण गर्नमा तिनीहरूले वास्तवमा कस्तो भूमिका खेल्छन् ?
स्विजरल्याण्डको संक्रामक रोगहरूका प्रमुख डानियल कोचले दाबी गरेका छन् कि बच्चाहरू कोरोना भाईरस (कोविड १९) का मुख्य संक्रमणकर्ता होइनन् । युरोपका धेरै स्कूल खुलेपनि थुप्रै आमाबाबुले अहिलेसम्म तिनका वालवालिका स्कूल पठाएका छैनन् । स्कूल पठाउँदा पाका र आन्य वालवालिकाको भिडबाट आफ्ना वच्चामा कोरोना भाईरस सर्न सक्छ भन्ने तिनमा चिन्ता छ ।
“बच्चाहरू वास्तवमै यो महामारीका चालकहरू होइनन्,” कोचले स्विस मेडियासित भने “अवश्य पनि केटाकेटीहरू संक्रमित भएका छन् । प्रायः जसो उनीहरूका बाबुआमाले तिनलाई सारेका छन् । तर बच्चाहरू संक्रमित गरिदिने भाईरसका बाहक होइनन् । ति वास्तवमा भाइरसद्वारा प्रभावित हुँदैनन् । ”
युरोपका धेरै देशमा स्कूलहरु खुलेपनि धेरै मेडियाहरुले आफ्ना वालवालिकालाई कोरोना सर्न सक्छ भन्ने आशयका रिपोर्टहरु प्रशारण गरेपछि चिन्ता ब्यक्त गरेकाले उनीहरुलाई आस्वासन गर्न कोचले यो तथ्य सार्वजनिक गरेको उल्लेख गरेका छन् । आफ्ना वालवालिकामा कोरोना सर्न सक्ने हुँदा स्कूल पठाउन नसक्ने भन्दै स्विजरल्याण्डमा सयौं अभिभावकहरुले हस्ताक्षरनै गरेका थिए । त्यसमा सहि गर्ने कतिपय शिक्षक र शिक्षिकासमेत रहेकाले अभिभावकहरुले थप चिन्ता गरेको रिपोर्टमा उल्लेख छ ।
कोरोना भाईरस संक्रमणमा बच्चाहरूले खेल्ने भूमिकाका बारेमा पर्याप्त डाटाको अभावले यस अनिश्चिततालाई निम्त्याउन सक्छ । किनकि विज्ञहरू पनि यस क्षेत्रमा एकमत छैनन् । उनीहरु अनुसन्धानको व्याख्या कसरी गर्ने भन्ने बारेमा विभाजित देखिन्छन् ।
आएकै रिपोर्टहरुपनि तथ्यगत रुपमा ब्याख्या नगरेको पाइएको स्विस इनफो डट सिएचले जनाएको छ । रिपोर्टका अनुसार बच्चाहरुले कोरोना भाईरसका लक्षणहरुको कम अनुभव गर्छन् । चीनमा कोरोना भाइरसबारे दुई हजार वालवालिकामा गरिएको अध्ययन अनुसार ९० प्रतिशतमा कि त बाहिरबाट सरेको देखियो कि भने कोरोना भाइरसका लक्षणहरु अति कम मात्रै देखिए । अझ धेरै देशले त वालवालिकामा ब्यवस्थित तरिकाले कोरोना भाईरसको परिक्षणनै गरेका छैनन् ।
धेरै देशहरूमा बच्चाहरू अस्पताल भर्ना भएको कम घटनाहरू रिपोर्ट भएका छन् । बच्चाहरूबिच कोरोना भाईरसबाट भएको मृत्यु दुर्लभ छ । स्विजरल्याण्डमा २० वर्ष मुनिका कुनै बच्चा यस भाइरसबाट मरेको किटान गरिएको छैन । विशेषज्ञहरु अझै पनि बुझ्न कोशिस गर्दैछन् कि बच्चाहरुमा यो रोग किन कम गम्भीर देखिन्छ ।
वच्चाहरुमा संक्रमण दर कम हुन सक्छ । तर केही विज्ञहरूका अनुसार यसको मतलब यो होइन कि बच्चाहरू भाइरस समात्न संवेदनशीलनै हुँदैनन् ।
वैज्ञानिकहरुले चीनको दक्षिणपूर्वी सेन्जेनमा कोरोना भाईरस लागेका तिन सय ९१ जना र तिनको निकटमा रहेका एक हजार तिन सयको बाहिरि सम्पर्कका बारेमा अध्ययन गरेका थिए । ति मध्ये १० वर्ष मुनिका सात देखि आठ प्रतिशतमा मात्रै पोजेटिभ देखियो । तिनबाट पाकामा सरेकोपनि समान प्रतिशतनै देखियो ।





