फ्रान्सेलीलाई कोरोनाकालको सबैभन्दा पिरलो – चुम्बन गर्न पाइएन

फ्रान्समा मे ११ पछि लकडाउन खुकुलो हुने सार्वजनिक गरिएको थियो । लकडाउनमा झण्डै दुई महिना बस्दा टेलीभिजन फँस टिभी १ ले केहि देशका नागरिकसित सर्वेक्षण जस्तै गर्‍यो । उसले पहिलो प्रश्न गरेको थियो, लकडाउनका बेला सबैभन्दा ठूलो कुरो के गुमाएको अनुभुती भयो ? कुन चिज प्रमुख रुपमा नभएको, खट्केको अनुभूति भयो ?  डच (नेदरल्याण्डका जनता), ईटालियन, स्पेनिस, जर्मन र अन्य नागरिकले फरक फरक खाले जवाफ दिए । धेरैले प्रक्रितिसित सामिप्य गाँस्न नपाएको । साथीभाइ र परिवार भेट्न नपाएको । स्वच्छ हावा र रेस्टुरेन्टको मिठो खान्कि गुमेको बताए । तर फ्रान्सेलीहरु मध्ये अधिंकांशले भने ‘ हामीले किस (चुम्बन) गर्न पाएनौं, किस धेरै गुमाईयो’ ।

फ्रान्सेलीहरु आफ्नो जिवनमा सबैभन्दा बढि किसका भोका हुने रहेछन् । सबैभन्दा बढि किस अर्थात् चुम्बनको भोक र तिर्खा हुने रहेछ । अब लकडाउनपछि भेटघाट गर्न पाइने भएपछि धित मरुन्जेल किस खाने उनीहरुले बताए ।

अब लकडाउन खुल्दै जाँदा धेरैमा अर्को धरमर अर्थात् किसकै प्राथमिकता देखियो ‘किस खाने कि किस नखाने ?’

फ्रान्समा किस अर्थात् चुम्बन गर्नु हाम्रो नमस्ते गरे जस्तै भेटघाटको औपचरिक तरिकापनि हो । लकडाउन खुल्दै जाँदा भेटघाटको मेसो मिलाउने क्रममा उनीहरुले भेटमा किस खाने कि नखाने भनेर सोधपुछपनि गर्ने गरेका छन् । अन्य देशका नागरिकले कहाँ भेटेर कसरि के के खाने, कहाँ घुम्ने भन्ने सल्लाह गर्दा फ्रान्सेलीहरु भने किस खाने कि नखाने भनेर पहिलो छलफल गरिरहेको टेलीभिजनको रिपोर्टमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया