नेपाल बन्द
सुमन शर्मा, बागलुङ
धेरै भए तिथी मिती भन्दा पनि नेपाल बन्द
बेरोजगार नेपाली को धन्दा पनि नेपाल बन्द
जन्मे जत्ती नेता बन्ने उम्रे जती मन्त्री
आफ्नो नेता कार्यकर्ता गन्दा पनि नेपाल बन्द
सुख शान्ति त्यस्तै भयो मुर्दा शान्ति आयो देशमा
बाह्र बुदे सम्झौता को छन्द पनि नेपाल बन्द
माओवादी, खाओबादी र लाओबादी जो आएनी
सबै सँग आउने उस्तै गन्ध पनि नेपाल बन्द
चक्का जाम त नेपाली को रिती नै बनी सक्यो
श्रीमतीले नाईनास्ति गर्दापनि नेपाल बन्द





