माओवादी नेता पनि एक्कासि दिल्लीतिरै किन ?

krishna_bahadur_mahara200नेपाली नेताको पारा बडो गज्जबको छ । भारतको हस्तक्षेप भनेर कराउँछन्  स्वार्थ नपर्दा । भारतीय बिस्तारबाद भन्दै खुब गाली गर्छन् । सरकार बाहिर बस्दा भारतको निकै धज्जी उडाउँछन्। तर सरकारमा पुगेपछि सबैभन्दा पहिले भारतीयलाईनै चाकरी गर्न थाल्छन् । अस्ति भर्खरै एमालेका नेता केपी ओली दिल्ली गए । उनले निकै भेटे भारतीय नेतालाई । यता नेपालमा उनले नेपाल बिरुद्द के के न गर्ने भए भनेर निकै आलोचना गरे कतिले । अनेक आशंका र आरोप लगाइयो । सरकार बाहिर बस्नेले त सकेसम्म बढि गर्नेनै भए भारतीय मार्काको भनेर पुष्टि गर्न । अनि आफु चाहिँ भारतीय बिरोधी देखाउन । माओवादी त्यसरि भारतलाई गाली गर्नमा अरु दलभन्दा अगाडि देखिन्छ । तर उ पनि स्वार्थ पर्दा भारतीय नेताको खुब प्रशंसा गरेको नदेखिएको होइन । अस्ति एमालेका नेता ओली भारत जाँदा माओवादीहरुले निकै आलोचना गरे । नेपालको शिशु गणतन्त्र बिरुद्द, शान्तिवार्ता खल्बल्याउन भारतीयसित मन्त्रणा गर्न गएकोपनि भनियो । तर आज बिहानै एकिक्रित नेकपा (माओवादी) का शक्तिशाली नेता तथा पहिलेका सूचना तथा सञ्चार मन्त्री क्रिष्णबहादुर महरा दिल्लीतिर हानिएका छन् । उनी किन एक्कासी दिल्ली हानिएका हुन् कसैलाई पत्तो छैन ।

 

उनले आफु दिली दिल्ली अपर्झट जानुको कारणपनि कतै खुलाएका छैनन् । नेपालका मेडियालेपनि उनको दिल्ली भ्रमणबारे खासो पत्तो पाएका छैनन् । उनी दिल्ली किन गए होलान् यस्तो हतारमा ? हिजो बेलुका मात्रै उनी पार्टी अध्यक्ष प्रचण्डसँगै दामनबाट काठमाडौं फर्केका थिए । अहिले माओवादी पोलिटब्युरोको बैठक चलिरहेको छ । उनीपनि पोलिटब्युरो सदस्य हुन् । यस्तो महत्वपूर्ण बैठक चलिरहेका बेला उनी त्यत्तिकै दिल्ली त हानिएनन् होला । तर अचम्म के छ भने अरुतिर औंला त खुब ठड्याउँछन तर आफुहरुले भने स्पष्ठ पार्दैनन् ।

तपाइँको प्रतिक्रिया