नेपाली शब्दकोष तयार पार्दाको प्राविधिक कठिनाई

मारी क्रिषिचिन काबो

 

marie-christine-cabeau-23201कम्प्युटर प्रविधिभन्दा पहिले मैले हरेक नेपाली शब्दको लागि कार्डको सूची बनाउँथें तिनलाई बाक्सामा राख्थें नेपाली भाषामा धेरै शब्द थिए । मैले धेरै टाढा बिचार गरेर काम शुरु गरें । नेपाली भाषामा स्नातकोत्तर गरेपछि शायद नेपाली फ्रान्सेली भाषाको शब्दकोष लेख्न सकौंला कि भन्दै शब्द जम्मा गर्न थालेकी थिएँ शुरुदेखि नै

 

जुन दिनबाट कम्प्युटर आयो मैले टिपोट गरेका सबै कम्प्युटमा उतारें अब त्यसलाई कसरि अक्षरको क्रम मिलाउने भन्ने भयो अनि मैले हरेक अक्षरलाई एउटा नम्बर दिएँ १० बाट शुरु गरेर लाई १० नम्बर राखे लाई ११ । यस्तै यस्तै गरेर त्यसपछि मैले कम्प्युटरलाई नम्बरअनुसार मिलाएर राख्ने बनाएँ त्यसो गर्दा नेपाली वर्णमालाका अक्षर अनुसार नम्बरसँगै श्रेणी पनि मिल्यो श्रेणी मिलिसकेपछि कम्प्युटरलाई मैले नम्बर मेटाउन भनें त्यसपछि सबै अक्षर त्यसैगरी वर्णानुक्रम अनुसार मिलाएँ

तर त्यो त्यति सजिलो थिएन किनभने एउटा एकदम थोरै शब्द मानौं तीन अक्षरसहितको उदाहरणका लागि हाल भन्ने शब्द । त्यसलाई ६६ नम्बर दिइएको हालौं लाई १३ नम्बर लाई ४० नम्बर ६६, १३ ४० नम्बर त्यो नम्बर उति माथिल्लो होइन तर शब्दकोषमा भने त्यो शब्द निकै पछाडि मात्रै आउने भयो जबकि आशीर्वाद भन्ने शब्द धेरै लामो त्यो शब्द वर्णमालाको शुरुमै भए पनि मैले दिने नम्बरको क्रमअनुसार त्यसले पाउने नम्बर छोटो हुन्छ त्यसले फरक पार्दैन मैले निकै लामो नाम पाउनेछु यदि मैले नम्बर अनुसार क्रम मिलाउन खोजें भने हाल भन्ने शब्द आशीर्वाद अगाडि नै आउँछ कसो गर्ने ? मैले एउटा तरिका निकालें हरेक नम्बर अगाडि शुन्य (०) र कमा (,) राख्ने। त्यो गणितीय रुपमा व्याख्या गर्न मलाई कठिन कसरी भनेर तर त्यसले काम गर्‍यो त्यसो गरेपछि आशीर्वाद ठिक ठाउँमा आयो । मैले सबै नम्बरअगाडि शून्य कमा राखें त्यसो गरेपछि आशीर्वाद ठीक ठाउँमा आयो शून्य कमा पनि आएका नम्बर डेसिमल थिए जे होस्, नम्बरको अगाडि शून्य कमा राख्ने तरिकाले वर्णानुक्रम मिलाउन सफल भएँ मैले भनिहालें कि तिनलाई आफ्नो स्थानअनुसार राखिसकेपछि नम्बर हटाइदिएँ अनि नेपाली आफ्नो क्रमअनुसार जसरी हुनुपर्ने हो त्यसरी भयो त्यो १९९२, १९९३ तिर हो यति भएपछि मैले आफूले लेख्नेजति पढाउने सामग्रीको सबै हस्तपुस्तिका (मानुयल) जस्तो बनाउन सफल भएँ कम्प्युटरमै

 

शुरुमा मैले ५० पेज जतिको नेपाली फ्रान्सेली हाते शब्दकोष तयार पारेर विद्यार्थीलाई बाँडे विद्यार्थी म दुवै खुशी भयौं त्यो देखेपछि मलाई कसैले भन्योतपाईंको शब्दकोषमा कसैले आँखा गाडेको नक्कल गर्लान् सतर्क रहनुस् त्यो बेलादेखि मैले हाते शब्दकोष बाँड्न छोडें विद्यार्थीहरुले अति नै पश्चाताप मानें गृहकार्य दिँदा मैले शब्दहरुको सूची दिन थालें उनीहरुलाई कठिन नहोस् भनेर

 

रुखबिरुवा फूल, रोगव्याधी, चिकित्सकीय महत्वका वनस्पति सबै गरेर अहिलेसम्म १५ हजार मूल शब्द शब्द उतारेकि छु मैले । ती हरेक शब्दका फ्रान्सेली भाषामा अनुवाद गरिएको त्यसपछि फ्रान्सेलीबाट नेपालीमा पनि फेला परोस् भनेर शब्दको सूचीका आधारमा शब्दको अर्थ फेला पर्ने बनाएकी छु फ्रान्सेली शब्द हरेपछि खोजेको शब्द कुन पृष्ठमा भनेर थाहा हुन्छ जस्तै काम भन्ने मूल शब्द फेला परेपछि काम गर्नु, काम खोज्नु, काम लाग्नु जस्ता सबै फेला पर्छन् यो कुनै आम वैज्ञानिक प्रचलित तरिका नभएर मैले नै बनाएकी हुँ त्यसैले मलाई के लाग्छ भने विश्वभिरका फ्रान्सेली भाषी (फ्रान्कोफोन) र विश्वभरिका नेपालीभाषी (नेपालोफोन) ले प्रयोग गर्न सक्नेछन ।

 

(मेरो प्रकाशोन्मुख पुस्तकको एक अंश)

तपाइँको प्रतिक्रिया