वार्षिक एक करोड २० लाख वालिका वालविवाह गर्न बाध्य
अठार वर्ष नपुग्दै विवाह गरिदिनु मानव अधिकारको उल्लंघन हो । यसकाबिरुद्द कानुन हुँदाहुँदैपनि त्यसको उल्लंघन गरेर विश्वमा हरेक वर्ष एक करोड २० लाख वालिकाको जबरजस्ति विवाह हुन्छ । अहिले विश्वका विवाहित महिला र युवतीमध्ये ६५ करोड वालविवाह भएका छन् । वालविवाह घटाउने प्रयासपनि जारि छन् । भारत झारखण्डका बासिन्दाहरूले बाल कलाकार र बालबालिकाको विवाह र यसको नकारात्मक प्रभाव देखाउन सार्वजनिक स्थलमा नाटक देखाउने गर्छन् (पहिलो फोटो)।
बाल विवाहले जीवनभर पिडा निम्त्याउन सक्छ । १८ वर्ष पुग्नुभन्दा पहिले विवाह गर्ने केटीहरू स्कूल जान नपाउने हुन सक्छन् । ति घरेलु हिंसाको शिकार बन्ने सम्भावना बढि हुन्छ ।
युवा र किशोरीहरूको गर्भावस्था र बच्चा जन्माउने जटिलताका कारण २० वर्षका महिलाहरूको तुलनामा मर्ने सम्भावना बढि हुन्छ । उनीहरूका बच्चा जीवनको पहिलो महिनामै मर्ने सम्भावना बढि हुन्छ । कोहि जन्मिएपनि रोगी हुन्छन् । कोहि आमाहरु बच्चा जन्माउँदानै मर्छन् ।
तर गत दशकमा दुई करोड ५० लाख केटीहरुको वालविवाह गर्नबाट रोकियो । वालविवाह बिरुद्दका योजना, शिक्षाको प्रचार, शिक्षामा लगानी तथा अन्य काम र प्रयासहरुका कारण रोकिएको थियो ।
युनिसेफका अनुसार गत दशकमा वाल विवाह गर्ने महिलाको अनुपात १५ प्रतिशतले घटेको छ । युनिसेफले मार्च २०१८ मा प्रकाशित गरेको रिपोर्ट अनुसार बालिकाहरुको शिक्षामा बढ्दो संख्या, किशोर किशोरीहरूमा सक्रिय सरकारी लगानी, वालविवाह बिरुद्द वरपरका कडा सार्वजनिक सन्देश, बाल विवाहको अवैधता र सजाएँको प्रचारप्रसार तथा वालविवाहबाट हुनसक्ने हानिकारक परिणामले गर्दा घटेको हो ।
दक्षिण एसियामा विश्वव्यापी रूपमा बाल विवाह सबैभन्दा ठूलो गिरावट देखिएको छ । त्यसको मुख्य कारण भारतको प्रगतिले गर्दा हो । भारतको झारखण्ड राज्यको माधवा गाउँमा, १० मध्ये छ केटीहरू १८ बर्षको उमेर भन्दा अघिनै विवाह गरेका हुन्छन् ।
शिक्षामा वालवालिकाको पहुँच बढाउनु बालविवाह कम गर्न महत्वपूर्ण हुन्छ । केटीहरुलाई शिक्षित बनाउन भारत झारखण्ड राज्यको बर्हाबाद गाउँका केटीहरूलाई उनीहरूको घरबाट स्कूल जान र आउनको लागि निःशुल्क यातायात प्रदान गर्न थालियो । “पहिले हामीले समूह बनाएर सँगै स्कूल जानुपर्थ्यो । केटाहरू र अन्य पुरुषहरूले हामीलाई बाटोमा दिक्क गराउँथे” एक वालिकाले युनिसेफलाई भनिन् ।
बाल विवाहको विश्वव्यापी भार दक्षिण एसियाबाट अहिले बिस्तारै अफ्रिकाको उप-सहारा क्षेत्रतिर सरेको छ । यहाँ जनसंख्या वृद्धिलाई कम गर्न किशोरीहरुलाई शिक्षामा माथि उकास्नु जरुरि हुन्छ ।
त्यसो त, अवस्था चिन्तामय भएपनि प्रगति सम्भव छ । इथियोपिया पहिले उप-सहारा अफ्रिकी मुलुकमा बाल विवाहको लागि शिर्ष पाँच देशहरूमध्ये पहिलो नंवरमा थियो । विगत १० बर्षमा घटेर तेस्रोमा झर्यो ।
“मेरो सौतेनी आमा मलाई १३ वर्षको उमेरमा विवाह गराइदिन चाहन्थिन् । म अझै सानै भएकीले इन्कार गरेर पढ्न थालें” कंगोको एक स्कूलमा अध्ययनरत १४ वर्षीया फ्लोरेन्स भन्छिन् ।
तथ्यांक डरलाग्दो
विश्वका २१ प्रतिशत अर्थात एक करोड २० लाख किशोरीको १८ वर्ष नपुग्दै विवाह हुन्छ । अफ्रिकाको सब सहारा क्षेत्रका ७३ प्रतिशत र नाईजेर भन्ने देशका त झन ७६ प्रतिशत किशोरीहरुकोको विवाह १८ वर्ष नपुग्दै हुन्छ । तर सकारात्मक कुरा के भने गएको एक दशमा दुई करोड ५० लाख किशोरीलाई १८ वर्ष नपुग्दै विवाह गर्नुपर्ने बाध्यताबाट रोकिएको छ । दक्षिण एशियामा यस्तो विवाह ४९ प्रतिशतबाट घटेर ३० प्रतिशतमा झरेको छ । तर डरलाग्दो र दुखद पक्ष के छ भने सन् २०३० सम्ममा १२ करोड किशोरीहरुको विवाह १८ वर्ष नपुग्दै हुने छ । यसलाई रोक्न अहिलेबाटै काम गर्नु जरुरि छ ।
(तस्विरहरु -युनिसेफ)






