स्विस संघिय सरकारले पत्रपत्रिकालाई आर्थिक सहयोग दिने
कोरोना भाईरसको संकटले गर्दा आर्थिक समस्यामा परेका पत्रपत्रिकाहरुलाई स्विजरल्याण्डको संघिय सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
कोरोनाको संकटले गर्दा बितरण र बिज्ञापनमा कटौति भएपछि प्राजातन्त्रलाइ बलियो बनाउन प्रमुख खेल्ने आधारशिला कमजोर बनेको भन्दै पत्रपत्रिकाहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको स्विस न्युजले जनाएको छ ।
दैनिक र साप्ताहिक पत्रपत्रिकाहरुको बितरण हेरेर तिनलाई लगभग पाँच करोड (५० मिलियन स्विस फ्र्यान्क) सहयोग गरिने छ । यस अघि सरकारले तिन करोड डलर सहयोग गर्दै आएको थियो । प्रति अंक एक लाख कपी छपाई गर्ने अखबारहरुकालागि विशेष सहुलित दिने योजनापनि सरकारले सार्वजनिक गरेको छ । सरकारले यो सहयोग दिँदा त्यहाँ तिन करोड ५० लाख प्रति अखबारहरु थप बितरित हुने उल्लेख छ । तर यसकालागि स्विस संसदले मतदान गर्नुपर्ने छ ।
अब स्विस सरकारले अनलाईन मेडियाहरुकोलागिपनि आर्थिक सहयोग गर्ने भएको छ । कोरोना भाईरसबाट पाठ सिकेर त्यहाँका मेडियाहरु उच्चतमरुपमा डिजिटल पद्दतिमा लैजान प्रेरित गरि आर्थिक सहयोग उपलब्ध गराउने पनि समाचारमा उल्लेख छ । त्यसकालागि सरकारले थप ३ करोड स्विस फ्र्यांकको घोषणा गरेको छ ।
यि सबै सहयोगकालागि अखबारहरुले निस्चित मापदण्ड पुरा गर्नुपर्ने शर्त राखिएको छ । सम्पादकियलाई बिज्ञापनबाट अलग्गै प्रस्तुत गर्नुपर्ने, ग्राहकहरुको ब्यापक पहुँचमा पुर्याउने योजना प्रस्तुत गर्नुपर्ने र पत्रकारिताको मार्गदर्शनलाई पुर्ण पालना गर्नुपर्ने छन् ।





