कोरोना भाईरस फर्कि फर्की आउने विशेषज्ञको दाबी !

कोरोना भाईरस हरेक वर्ष फर्किफर्कि आउने दाबी चिनियाँ विशेषज्ञहरुको छ । तिनले गरेको दाबी अनुसार कोरोना भाईरसको रोगजनक (पाथोजेन) फ्लु समुद्रको छाल जस्तै आउने जाने भैरहने छ ।

बुमबेर्ग न्युजका अनुसार कोरोना भाईरस १७ वर्ष पहिले यसैको निकटकको सार्स हराएझैं नहराउनेपनि तिनको भनाइ छ । किनकि यसले विशेष खाले लक्षणहरु जस्तो ज्वरोको संकेत नदिइकनैपनि संक्रमित गराउँछ ।

एसेम्टोमेटिक क्यारियर भनेका छन् चिनियाँहरुले । यस्तो अर्था यो रोगको लाक्षणिक र प्रमाणित गर्न नसकिने रोग भन्न खोजिएको हो । सरुवारोगहरुको अनुसन्धान गर्ने चिनियाँ डाक्टरहरुको टोलीले यो कोरोना भाईरसमा अन्यत्र संक्रमण गर्न सक्ने क्षमता पूर्ण मात्रामा रहेकाले यसलाई राम्रोसित पत्ता लगाउन नसकिने अवस्था रहेको बताएको छ ।

सार्सबाट संक्रमितहरु गम्भिर बिरामी भए । जब ति एक अर्काबाट छुट्टा छुट्टै भए वा अलगभएपछि भाईरस फैलिन छोड्यो । तर यो सार्सको बिपरित चिनले यसको महामारिलाई नियन्त्रणमा लिएपनि कोरोना भाईरसका अनेक तथ्य र लुकेका पक्षहरु पत्ता लगाइरहेको छ । यो भाईरसका बारेमा अझै धेरै जानकारि भैसकेको छैन । यो कसरि संक्रमित हुन्छ भन्ने नयाँ नयाँ तथ्यहरुपनि फेला परिरहेका छन् ।

“कोरोना भाईरस महामारी फैलाउन सक्ने सम्भावना भएको रोग हो हो जुन लामो समयसम्म मानवसँग मिलेर रहन्छ, मौसमी बन्छ र मानव शरीरमा यसलाई कायम राख्छ” चीनको शीर्ष मेडिकल रिसर्च इन्स्टिच्युटको रोगजनक जीवविज्ञान संस्थानका निर्देशक जिन क्यूईले भने ।

“कोरोना भाईरस महामारी फैलाउन सक्ने सम्भावना भएको रोग हो जुन लामो समयसम्म मानवसँग मिलेर रहन्छ, मौसमी बन्छ र मानव शरीरमा यसलाई कायम राख्छ” चीनको शीर्ष मेडिकल रिसर्च इन्स्टिच्युटको रोगजनक जीवविज्ञान संस्थानका निर्देशक जिन क्यूईले भने ।

महँगो तालाबन्दीको बाबजुद विश्वव्यापी अर्थतन्त्रको अधिकांश भाग बन्द भएको छ । विश्वभरका शीर्ष अन्वेषकहरू, ठूला ब्यापारि र सरकारहरूबिच सहमति बन्न गएको छ कि भाइरसको अन्त्य हुने सम्भावना छैन । यद्दपी बाहिरबाहिर उनीहरुले जेजस्ता टिप्पणीहरु गरुन् ।

केही जनस्वास्थ्य विज्ञहरूले भाइरसलाई भारतको जस्तो युवा जनसंख्यामा बिस्तारै सर्न दिने र तिनलाई बिस्तारै पचाउनसक्ने क्षमता विकास गराउने । यसरि फैलने अनुमति दिए रोग पचाउन सक्ने क्षमता सबै जनसंख्यामा विकास हुँदै जान्छ र रोग नियन्त्रण हुन्छ । तर स्वीडेन जस्ता देशहरूले कडा बन्दाबन्दीको विकल्प अपनाएका छन् । किनभने भारतमा झैं गर्दा देशको ठूलो जनसंख्यामा सरेर धेरै नागरिकको म्रित्यु हुन सक्छ । नगरिक तहबाट आउने चर्को बिरोध सरकारले नधान्नपनि सक्छ ।

संयुक्त राष्ट्र संघको एलर्जी र संक्रामक रोग विभागका निर्देशक एन्थोनी फौसीले गत महिना भनेका थिए कि कोभिड १९ भाइरसको कारण हुने रोग एक मौसमी रोग हुन सक्छ । उनले अब जाडो याममा प्रवेश गर्ने क्रममा दक्षिणी गोलार्द्ध भरिका देशहरूमा यो भाईरस जाडोयाममै प्रवेश गरेको घटनाहरूको प्रमाण उल्लेख गरेका थिए ।

“भाईरस तातोबाट संवेदनशिल हुन्छ । तर ५६ डिग्री पुगेपछि मात्रै । यो तापक्रममापनि त्यो आधा घण्टापछि बल्ल निस्क्रिय हुन्छ । ५६ डिग्री तापक्रम पुग्ने भनेको अपवादनै हो” पेकिंग युनिवर्सिटी अफ अस्पतालको संक्रामक रोग विभागका प्रमुख वाङ गुइकियांगले भने “तसर्थ विश्वव्यापी रूपमा, गर्मीमा पनि केसहरू घट्ने संभावना थोरै छ ।” यो भाईरस हरेक वर्ष फिर्ता आउन सम्भव भएकोपनि चिनियाँ विशेषज्ञहरुले वुअराङ न्युजलाई बताए ।

तपाइँको प्रतिक्रिया