हाच्छ्युँ गरे दुई वर्ष र खानामा खोके ५ वर्ष सम्म जेल !
-निलम घिमिरे सापकोटा /बेल्जियम
बेल्जियमको जनसंख्या एक करोड १० लाख मात्रै भएपनि जनसंख्याको अनुपातमा कोरोना भाइरसबाट म्रित्यु हुनेको संख्या चिनमा भन्दा बढि छ । यसरि हेर्दा बेल्जियममा प्रतिब्यक्ति म्रित्यु दर विश्वमै सबैभन्दा उच्च देखियो । अमेरिकासित तुलना गर्दा बेल्जियमको प्रतिब्यक्ति म्रित्यु दर अमेरिकाको भन्दा चार गुणा उच्च हो । तैपनि बेल्जियम सरकारले लकडाउन बिस्तारै खुकुलो पार्ने निति लिएको देखिन्छ । तर खुकुलो पार्दा यतिसम्म कडाई गर्न खोजिएको छ की कोहि संक्रमितले नियतबस कसैतर्फ फर्केर खोकेमा वा हाच्छ्युँ गरेमा कम्तिमा तिन महिनादेखि बढिमा दुई वर्षसम्म जेल हाल्न सकिन्छ। त्यस्तै, संक्रमितले नियतवस खानामा खोकेमा वा हाच्छ्युँ गरेमा ५ वर्ष सम्म जेल चलान गर्न सकिने छ ।
बेल्जियम सरकारले छ हप्ताको लकडाउन गर्यो । पछि केहि मात्रामा कोरानाको महामारीको कमी अर्थात् नियन्त्रण रेखा केहि तल झरेको देखियो। त्यसपछि यसै अनुपातमा नियन्त्रण भए लकडाउन खोल्न सकिने भन्दै लकडाउन खोल्ने योजना सार्वजनिक गरेको छ । शुक्रवार बसेको उच्च स्तरको वैठकले आगामी ३ मे भित्र योजना अनुरुप नियन्त्रणमा आए लकडाउन चरणवद्ध तवरले खोल्ने योजना बनाएको हो ।
यद्दपी अनिवार्य सामाजीक दुरि कायम गर्नु पर्ने, समय समयमा हात धुन पर्ने, खोक्दा वा हाच्छिउँ गर्दा छोप्नुपर्ने, कोरोनाको सामान्य लक्षण देखिएमा स्वास्थ्य कर्मिलाइ तु खवर गर्नुपर्ने भनिएको छ । यी नियम सामान्य लागेपनि दैनिक जीवन सामान्य अवस्थामा जान सहज देखिँदैन । भाइरस विशेषज्ञहरुले पनि खुकुलो गर्न नसकिने सुझाएका छन् । गर्नैपर्ने अवस्थामा सरकारले यी नियम पालना गराउनैपर्ने बताएका छन ।
भिडभाडमा जाँदा १२ वर्ष माथिका हरेकले अनिवार्य मास्क लागउनुपर्ने भनिएको छ । मास्क नभएमा कपडा वा सलले छोप्नुपर्ने भनिएको छ । बेल्जियम सरकारले पुन प्रयोग गर्न सकिने मास्क हरेक नागरिकलाई निशुल्क प्रदान गर्ने भएको छ । सार्वजनिक यातायात सकभर प्रयोग नगर्ने र गर्नै परेपनि ब्यस्त हुने समयमा नगर्न अनुरोध गरिएको छ । बरु निजी सवारीसाधन वा साइकल प्रयोग गर्न सुझाइएको छ ।
अवस्था नियन्त्रणमा रहेमा आपनाइने भनिएका चरणवद्ध खुकुलो पार्ने योजनाहरु पहिलो चरण अन्तर्फत दुई भागमा विभाजन गरिएको छ ।
क) मे ४ मा उत्पादनसँग सम्वन्धित सबै व्यवसायहरु खोलिने । दुई जनासम्म खेल्नमिल्ने खेल खेल्न पाइने । तर खेलमैदानमा रहेका वेन्चिहरुमा बस्न नपाइने ट्वाइलेट प्रयोग गर्न नपाईने । खेलमैदानमा रहेका क्याफेहरु पनि बन्द रहनेछन् । जमघट गर्न नपाइने भनिएको छ । सिलाइ बुनाईका सबै पसल खुल्ने छन् ।
ख) अवस्थालाई ध्यानमा राखेर ११ मे मा सबै पसलहरु खोल्न पाइने छन् । तर कडा नियम लागु गर्नुपर्ने भनिएको छ । सबै अवस्था सामान्य रहेमा दोस्रो चरणको खुल्ला गर्ने छ । १७ मे देखि लागुहुने दोस्रो चरण अन्तरगत माध्यमिक र निम्न माध्यमिक स्कुल मात्र खुल्ने छन् । तर नर्सरी कक्षाहरु खोलिने छैन । एउटा कक्षामा बिध्यार्थीको दुरी कायम गर्नुपर्ने र बढिमा १० जना मात्र एउटा कक्षामा बस्न पाउने छन् । सबै शिक्षक,कर्मचारी र १२ वर्ष माथिका विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने छ । साथै विवाह एवं मृत्यु संस्कारहरुको बारेमा सोचिने भनिएको छ ।
त्यस्तै, त्यस्रो चरणमा जुन ८ मा लागुहुने नियम अन्तरगत रेष्टुरेन्टहरु आंशिक खोल्न पाइने छ । यदि सबै चरण सामान्य र सहज हुँदै आएमा मात्र ।
सरकारको यस निर्णयलाई विज्ञहरुले भने जोखिमपूर्ण भएको भन्दै अझै लकडाउन खोल्ने अवस्था नआइसकेको सुझाएका हुन् ।
हालसम्म तिन हजारको परिक्षण गर्दा तिन प्रतिशतलाई यो भाइरस नभएको देखिएको छ । अब व्यापक रुपमा सर्वसाधारणलाई परिक्षण गरिएमा उचित हुने विज्ञहरुले सझाएका छन् । मे ४ भन्दा पहिले २५ हजारको संख्यामा परिक्षण गर्न सकिने बनाउनुपर्ने भनिएको छ । तर हाल प्रतिदिन ७ हजार परिक्षण मात्र गर्न सकिन्छ ।
लक डाउन खोल्न कति जोखिम ?
हाल सम्म बेल्जियममा ४६ हजार एक सय ४६ जना संक्रमित भैसकेका छन् । ७ हजार ९४ जनाको मृत्यु भैसकेको छ । १० हजार ७ सय ८५ जना उपचारपछि घर फर्केका छन् । आइतवार मात्रै ८ सय ९ मा संक्रमण देखिएको छ । १ सय ७७ को मृत्यु भएको छ ।
घटनाहरुको अध्ययन गरेर तथ्यांक निकाल्ने ईसिडिसी (ECDC) संस्थाका अनुसार अप्रिल २४ सम्म बेल्जियममा प्रति एक लाख जनसंख्यामा ५६ दशमलव ८ प्रतिशत, स्पेनमा ४७ दशमलव ४ प्रतिशत, ईटालीमा ४२ दशमलव ३ प्रतिशत, फ्रान्समा ३२ दशमलव ६ प्रतिशत, बेलायतमा २८ दशमलव २ प्रतिशत, नेदरल्याण्ड्समा २४ दशमलव २ प्रतिशत, जर्मनीमा ६ दशमलव ४ प्रतिशत र ग्रिसमा एक दशमलव २ प्रतिशतको म्रित्यु भएको छ । कोरोनाको संक्रमण नियन्त्रण गर्न जर्मनी युरोपमा उत्क्रिष्ठ मानिएपनि तथ्यांकले भने ग्रिस पहिलो नंवरको सफल देश देखिन्छ ।
तर गत आइतवारसम्म एक सयको हाराहारीमा संक्रमित र ३ जनाको मृत्युपछि मार्चको १३ (गत ५ हप्ता) देखि लगडाउन गरिएको थियो । सुरुमा ६ सय मात्र संक्रमण परिक्षण क्षमता भएको वेल्जियमले हाल ७ हजार प्रतिदिन पुर्याएको छ । तर विज्ञहरुले पनि खुकुलो पार्नुपूर्व २५ हजार र पुर्णरुपमा खुकुलो पार्नु पुर्व ४० हजार प्रतिदिन परिक्षण गर्न सक्ने क्षमता हुनुपर्ने सुझाएका छन् । ५ हप्ताको लकडाउनमा तैयारी गर्न नसकेको सरकारले अबको एक हप्तामा कसरी परिक्षणको क्षमता वढाएर ४० पुर्याउला ? भन्ने ठुलो प्रश्न जनमानसमा उठेको छ ।
अर्को ठूलो संका गर्ने कारण अहिलेसम्म बेल्जियमले कुनैपनि संक्रमितको सरकल ट्रेस गरेको छैन नत सरकारले लक्षण देखिएकालाई परिक्षण नै गरेको छ । सामान्य लक्षण देखिएका विरामी अस्पताल आएपनि परिक्षण नै नगरि सामान्य रुघाखोकीको औषधी दिएर घर फर्काउने गरिएको अवस्था छ । सर्वसाधारणको ठूलो संख्यामा सर्न सक्ने जोखि देखिएकाले यो लकडाउन सरकारले घोषणा गरेजसरि खोल्न सकिने अवस्था देखिँदैन ।
ध्यान दिनुपर्ने पक्ष
सर्वसाधारणले बुझ्नुपर्ने के छ भने बेल्जियममा हालसम्म विरामी ट्रेसको निति अपनाउन सकेको छैन । लक्षण देखिएका सबैको कोरोना टेस्ट समेत गर्न सकिरहेको छैन । सबै विरामी घरमै बसेको हुनाले सामान्य अवस्थाका संक्रमितले व्यापक फैलाउन सक्ने ठुलो जोखिम रहिरहने छ । विज्ञहरुले यदि खोल्नेनै हो भने वेल्जियम सरकारले सबैभन्दा पहिले कोरोना टेस्ट क्षमतामा वृद्धि गरेर ४० हजार प्रत्येक दिन परिक्षण गर्न सक्नुपर्ने, हरेक विरामीलाई क्वारिन्टिनमा राखिनुपर्ने, विरामीको सर्कल अनिवार्य ट्रेस गरिनुपर्ने देखिन्छ ।
मृत्युदर किन उच्च
सरकारको यस निर्णयको एक दिन अघि गत विहिवार विभिन्न संचारमाध्यमहरुमा अमेरिकाका राष्ट्रपति डोनाल ट्रम्पले संकेत गरेरै जनसंख्याको आधारमा विश्वमै अत्यधिक मृत्यु हुने देश इटाली र स्पेन नभई सानो देश वेल्जियम रहेको बताएका थिए । उनले देखाएको सूचिमा बेल्जियमको मृत्युदर ४५ दशमलव २० प्रतिशत उल्लेख गरिएको छ । त्यसपछि क्रमश स्पेन र इटाली छन् ।
यो विषयलाई खण्डन गर्दै वेल्जियमका सरकारी मन्त्री डेनिश डुकार्मेले ट्वीट गरेका थिए । फ्रेन्च भाषामा गरिएको उनको ट्वीटमा वेल्जियममा गरिने गणना फरक छ । त्यसैले यहाँको मृत्युदर बढि देखिएको हो । सबै मृत्यु एकै ठाउँमा गणना गरिएकोले यो यस्तो देखिएको अर्का एक स्थानिय डाक्टरले बताए । उनका अनुसार कुल मृत्युको लगभग ३० प्रतिशत अन्य कारण छन् । यसअनुसार ७ हजारमा लगभग २२ सय अन्य रोगबाट मरेको देखिन्छ । यद्दपि यो उनहरुले पहिलेको मृत्युदरको अनुपातमा र अनुभवको आधारमा उनले बताएका हुन् । आधिकारिक तथ्यांक भने नभएको उनले बताए ।
तथ्यांकले भन्छ- बेल्जियमका अधिकारीको दाबी गलत
बेल्जियमको जनसंख्या एक करोड १० लाख मात्रै भएपनि जनसंख्याको अनुपातमा कोरोना भाइरसबाट म्रित्यु हुनेको संख्या चिनमा भन्दा बढि छ । प्रति एक लाखमा झण्डै ५७ जनाको म्रित्यु भएको छ । यसरि हेर्दा बेल्जियममा प्रतिब्यक्ति म्रित्यु दर विश्वमै सबैभन्दा उच्च देखियो । अमेरिकासित तुलना गर्दा बेल्जियमको प्रतिब्यक्ति म्रित्यु दर अमेरिकाको भन्दा चार गुणा उच्च हो ।
यति उच्च म्रित्यु हुनुको कारण बेल्जियमका अधिकारीहरुको भनाईमा असपतालहरुमा भएको अप्रयाप्त सुविधा र अस्पतालहरुमा बिरामीकालागि ठाउँ नपुगेर भने होइन । कोरोना भाईरको संक्रमण उच्च भएका बेलापनि त्यहाँका अस्पत्तालमा सघन उपचार कक्षका बेडहरु ४३ प्रतिशत खालीनै थिए । म्रित्यु दर यति उच्च हुनुको कारण बरु बेल्जियमको ब्युरोक्रेसीको कमजोरी ठानिएको छ ।
आआफ्नै दाबी
युरोपेली बिभिन्न राष्ट्रका विज्ञहरुले बेल्जियम निकै ईमान्दार रहेको बताएका छन् । हाल वास्तविकता बाहिर ल्याउने एक मात्र पहिलो देश पनि भनेका छन् । युरोपका अन्य देशले यसरी सबै मृत्युलाई एकै ठाउँमा गणना गरेको भए बेल्जियम भन्दा निकै माथी भयावहको स्थिति देखिने विज्ञहरुले बताएकाछन् ।
समाचारमा आएका अड्कल, सम्भावना र सरकारको तथ्यांक एउटा भयो । तर युरोपका केहि मेडियामा केहि गलत सूचना प्रवाहित गरियो । त्यसले यहाँको नेपाली समुदायमा केहि गलत सुचना प्रवाह गरेको छ । युरोपका केहि संचार माध्यमले सरकारले तोकेको सजाएँको ब्यवस्थालाई १२ वर्ष जेल सजाय भनेर गलत लेखे । त्यसको वास्तविकता के कस्तो छ त ? गत २० वर्ष देखि वेल्जियममा बसोवास गर्दै आएका र विज्ञसँग नजिक रहेर अनुभव समेत बटुलेका विष्णु भुजेलका अनुसार सरकारले सबै सोचे बमोजिम भए, कोभिड १९ पूर्ण नियन्त्रण भएमा, मृत्युदर १०० भन्दा कमि भएमा, इन्टेन्सिभ केयर युनिटमा उपचारार्थ विमारीमा भारिमात्रामा कमि आएमा ११ मे देखि मात्र केहि मात्रामा खुकुलो हुन सक्ने अन्यथा यथावत रहने छ ।
तथ्यांकको सम्वन्धमा पनि भुजेलका अनुसार अन्य देशले अस्पतालको संख्यामात्र सार्वजनिक गरेको तर वेल्जियमले केयर सेन्टर, अस्पताल तथा अन्य पनि सार्वजनिक गरेको छ । केयर सेन्टरमा मर्ने वृद्धवृद्धाहरको सख्या ५० प्रतिशत बढि वृद्धा हाउसमा मर्ने गरेका छन् । स्थास्थ्य सामग्री र फ्रन्टलाईनमा स्वास्स्थ्यकर्मीहरु पुग्न नसक्दा क्षति भएको अनुमान गरिएको छ ।
वेल्जियमका विभिन्न संचार माध्यममा भाइरस विज्ञहरुले कोभिड १९ को कन्ट्रोलमा केहि गिरावट आएको भएपनि नियन्त्रण भैसकेको भन्न भने नमिल्ने जनाएका छन् । मृत्युभएका मानिसको तथ्यांकलाई ३ भागमा विभाजन गरेका छन् । जसअन्तरगत पहिलो, अस्पतालमा मृत्यु भएका सबै, दोस्रो, केयर होमहरुमा मर्ने सबै र तेस्रो यी दुइ ठाउँबाहिर (घरमा वा अन्य जुनसुकै पनि ठाउँ हुनसक्ने) मर्ने जसलाई कोरोना टेस्ट नै नगरिएको तर रुघाको लक्षण भएमा पनि गणना गरिएको छ ।





