कोरोना भाईरसले भोकमरीको संख्या दोब्बर बढाउने

कोरोना भाइरसका कारण बिश्वभरि खाध्यान्नको संकट दोब्बर गूणाले बढ्ने भएको छ । किनभने यो भाइरसद्वारा विश्वव्यापी रूपमा खाध्यान्न आपूर्ति गर्नेहरु ठूलो मात्रामा अवरूद्ध हुनेछन् । सरकारले लामो समयदेखि भोकमरीबाट पीडित व्यक्तिको लागि खाध्यान्नको ब्यवस्थामा उचित कदम नचाले भोकमरीहरुको संख्या दोब्बर हुन सक्ने विश्वभरि खाध्यान्नको बितरण गर्ने प्रमुख कम्पनीहरुले चेतावनी दिएका हुन् ।

युनिलिभर, नेस्ले र पेप्सीकोलगायत किसानका प्रतिस्ठान,  संयुक्त राष्ट्रसंघसित संवन्धित संघसंस्था, शिक्षाविद् र नागरिक समाज समूहले विश्वका नेताहरुलाई पत्र लेखेका छन् । उनीहरूले समाजको सबैभन्दा जोखिममा पर्ने ब्यक्तिलाई सहयोग गर्न, क्रिषीमा लगानीकालागि सहयोग पुर्याउन र क्रिषी व्यापारका लागि सिमाना खुला राख्न आह्वान गरेका छन् । पर्यावरणिय हिसाबले दिगो खाध्यान्न उत्पादन गर्नुपर्ने सुझावपनि तिनले दिएका छन् ।

उनीहरूले सरकारलाई कोभिड १९ महामारीलाई विश्वव्यापी खाध्य र मानवीय संकटमा परिणत हुनबाट जोगाउन तत्काल समन्वयकारि कदम चाल्न आग्रह गरेका छन् । त्यसकालागि खुला व्यापार कायम राख्नु महत्वपूर्ण छ । किनकि यसले खाध्य आपूर्ति श्रृंखलामा लगानी गर्ने र विकसित र विकासशील विश्वका किसानहरूलाई सुरक्षा प्रदान गर्न बाटो खुलै राख्ने छ ।

जी २० बैठक नजिकिएको छ । यो कामकालागि ति देशहरु बढ्दो दबाबमा छन् । नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूको समूह र एशियाले बिकास बंक, विश्व बैंक लगायतका पूर्व वरिष्ठ विकास बैंक अधिकारीहरूले फोरमलाई यस्तो पत्र लेखेका थिए कि कोभिड १९ महामारीको सामना गर्न विकासोन्मुख देशलाई करोडौं डलरको आवश्यकता पर्ने छ । टोनी ब्लेयर, गोर्डन ब्राउन र निकोला सार्कोजी लगायत १०० भन्दा बढि पूर्व सरकार प्रमुखहरूले पनि जि २० लाई तुरुन्त कदम चाल्न वा बारम्बार हुने प्रकोप जोखिमको लागि आग्रह गरेका छन् ।

यद्दपि, थोरै सामूहिक कार्यलाई मात्रै सहमति गरिएको उनीहरुको भनाई छ । संयुक्त राष्ट्र संघको खाध्य र कृषि संगठन बढ्दो चिन्तामा छ किनकि खेती राम्रो भैरहेकोपनि छ । विश्वलाई खुवाउन पर्याप्त खाध्यान्न उत्पादन भइरहेको छ । तर केही सरकारले निर्यातमा प्रतिबन्ध लगाउने वा मूल्य महँगो बनाइदिनाले अभाव सिर्जना गर्न सक्छ ।

कोरोनाभाइरसको संकटले विश्वव्यापी खाद्यान्न अभाव हुन सक्छ भनेर त संयुक्त राष्ट्र संघलेपनि चेतावनी दिएको छ ।

केहि देशहरूले केही खाध्यान्न प्रतिबन्ध गर्न थालेपछि खाध्य उध्योगका अभियन्ता र विशेषज्ञहरुले तत्कालै चेतावनी दिएका छन् । कोरोना संकटबाट बन्दको कारण मानिसहरुको आवागमनमा अंकुश लगाईएको छ । यसले धेरै बालीनाली लगाउने वर्षको एक महत्वपूर्ण समयमा कृषि मजदुरको अभाव सिर्जना गर्ने खतरा पनि छ ।

खाध्य उध्योगका अभियन्ता र नेत्रित्वकर्ताहरूले आफ्नो पत्रमा चेतावनी दिएका छन्, “आउने महिनाहरूमा खाध्यान्न आपूर्तिमा ठूलो अवरोधको जोखिम बढ्दैछ, खासगरी कम आय भएका शुद्ध-खाद्यान्न आयात गर्ने देशहरूका लागि त्यो जोखिमपूर्ण देखिन्छ । त्यसमध्ये धेरै उप-सहारा अफ्रिकामा छन् ।”

बन्दरगाह र सिमाना खाध्यान्न व्यापारका लागि खुला राख्नुपर्ने उनीहरूले आग्रह गरेका छन् । ठूला खाध्य निर्यात गर्ने राष्ट्रहरूले अन्तर्राष्ट्रिय बजार र ग्राहकहरूको पूर्ण आपूर्ति गर्न जारी राख्नुपर्दछ भन्ने कुरापनि उनीहरुले स्पष्ट पारेका छन् ।

व्यापारीक नेत्रित्वकर्ताहरू पनि स्थानीय खाध्य उत्पादन, किसानहरूलाई उपचार, खाध्यान्न प्रशोधनमा काम गरिरहेका व्यक्तिहरू र खाध्य आपूर्ति श्रृंखलाका सबै भागहरूमा प्रमुख कामदारहरूको रूपमा लगानी चाहन्छन् । साना किसानहरूले उत्पादन जारी राख्न ऋण पाउनुपर्ने उनीहरुले बताएका छन् । पत्रले उनीहरूलाई मद्दत गर्न बैंकहरू र प्रमुख कम्पनीहरूलाई आव्हान गरेको छ ।

जब व्यक्तिले आफ्नो जागिर गुमाउँछन्, उनीहरूको आम्दानी लकडाउन वा खराब स्वास्थ्यको कारण खस्कन्छ तब भोकमरी बढ्ने सम्भावना हुन्छ । दैनिक भोकमरीबाट पीडित व्यक्तिहरूको संख्या निकै छ । पहिले नै ८० करोड भन्दा बढी अनुमान गरिएको छ । आउँदा केहि महिनामा दोब्बर हुनसक्छ ।  कुपोषणहरुको संख्या बढ्ने उत्तिकै संभावना छ ।

सरकार, निजी क्षेत्र र परोपकारी संस्थाले लक्षित खाध्यान्न सहायता कार्यक्रमको साथै आयको सुरक्षा पनि आवश्यक पर्नेछ भनेर उक्त पत्रमा भनिएको छ । विकासोन्मुख देशलाई नगद सहयोग गर्न तुरून्त निर्देशित गर्नुपर्दछ र यो केही देशहरूले सुझाव दिएका ऋण राहत भन्दा अझ प्रभावकारि हुनुपर्छ ।

‘सरकारले उनीहरूको अर्थव्यवस्थालाई कोरोनाभाइरस संकटबाट मुक्त हुन सहयोग पुर्याउने भएकोले उनीहरूले खाध्य प्रणालीलाई बढि वातावरण र सामाजिक रूपमा दिगो बनाउन लगानी गर्नुपर्दछ’ उक्त पत्रमा भनिएको छ । यसको लागि नयाँ लगानी र विद्दमान अनुदानको सुधार, कृषि भूमिलाई उर्वर राख्नको लागि पोषण, पौष्टिक र सस्तो खाध्य उत्पादनमा केन्द्रित हुनुका साथै खाध्यान्न खेर नाफल्ने उपायहरू आवश्यक पर्दछ ।

तपाइँको प्रतिक्रिया