छिमेकीले ढाँटीदिँदा कोरोना भाईरस संक्रमित (पिडितको अनुभव)

-निलम घिमिरे सापकोटा / बेल्जियम

                                       (कोरोना बिरुद्दको लडाइ जितेका हरी सिग्देल)

बेल्जियमका हरि सिग्देलले कोरोना संक्रमणको लडाई जितेर अस्पतालबाट फर्किएका छन् । उनी कोरोना संक्रमित भएपछि नौ दिन अस्पतालमा उपचार गरेर बसेका थिए । आफू सुरक्षित रहन सबै नियम पालना गरेपनि कोरोना भाइरस कसरि लाग्यो भन्ने अनुमान गर्न नसकेको बताए । “कोरोना भाइरसबाट बच्ने सबै उपाय पालना गरेकै थिएँ । तर कसरि भयो भयो । हरिया साग सब्जी किन्दा पनि सरेको हो की ? मेसो पाइन” उनले भने ।

एक दिन छिमेकी साथीसँग चिया कफि पिएको सिक्देल सम्झिन्छन् । केहि दिनपछि उनले आफ्नो छिमेकी विरामी भएको थाह पाए । आत्तिएर उनकी श्रीमतीलाई सोधेपनि । तर उनले सिग्देललाई अरुनै रोगको विरामी भएको भन्ने जवाफ दिईन् ।

आफूलाई कोरोना लागेपछि ४६ वर्षे हरी सिग्देलले आफ्नो वरिपरिका साथीभाइ इस्टमित्र सबैलाई सुरक्षित रहन जानकारी दिएको बताउँछन् । उनलाई दुई पटकसम्म औषधी दिएर अस्पतालले पठाएको थियो । कुनै परिक्षण गरेको थिएन । पछि एन्टी वायोटिक खाएर पनि सन्चो नभएपछि अस्पतालमा भर्ना भएका थिए ।

तर कोरोना के भयो ? सोधपुछ गर्दा छिमेकीकी श्रीमतीले नेगेटीभ आयो भन्ने गरेकि थिईन् । त्यो सत्य होइन रहेछ । तर यति पछि उनी आफैं विरामी परेपछि उपचारमा गए । सन्चो भएर फर्किएपछि सोध्दा मात्र थाहा भयो कि ति छिमेकी पहिल्यै पोजेटिभ रहेछन् । “छिमेकिकी श्रीमतिले किन झुटो वोलेको होला भनेर दुख लागेको छ” सिग्देलले भने ।

उनलाई शुरुमा अत्याधिक खोकी लागेको थियो । सामान्य विरामीपछि केहि दिनमा ज्वोरो आए पछि दुई पटक हाउस डाक्टरकोमा गए उनी । तर छातीमा दुखाई बढ्ने र ज्वरो उच्च भएपछि स्वासप्रस्वासमै समस्या देखियो । त्यसपछि साथी र आफन्तको सहयोगमा अस्पताल जाँदा वल्ल कोरोना टेष्ट गर्यो । तुरन्तै अक्सिजन दिदै भर्ना लियो । पोजेटिभ देखिएपछि परिवारका सबैलाई आइसोलेसनमा बस्न अनुरोध गरेकोपनि सिग्देलले उल्लेख गरे । नौ दिनको सघन उपचार पछि वुधवार उनी घर फर्केका छन् ।

सुरुका दिनमा खानाको स्वाद, गन्ध थाहा नपाईने उनको अनुभव छ । सुख्खा खोकी लाग्ने, ज्वरो आउने भएको थियो उनलाई । नौ दिनको उपचारपछि हाल उनी घरमै आराम गरिरहेका छन् । उनले आफ्ना निकट र अन्य नेपालीलाई आफ्नो अनुभव बाँडिरहेका छन् । सुरक्षित रहन सचेत गराइरहेकापनि छन् ।

सिग्देल मात्रै होइन कि बेल्ज्यिममा १२ जना नेपाली कोरोना भैइरसबाट सँक्रमित भएका छन् । ति मध्ये अधिकाँश निको भैसकेका छन् ।

बेल्जियममा विरामीलाई उपचारमा भाषाको समस्या छ । भाषाकै कारण अस्पताल जान, एम्वुलेन्स बोलाइदिन तथा केहि पेपर नभएकाहरुलाई राहत र अन्य सहयोग एन आर एन तथा अन्य संस्थाले गर्दै आएको जनसम्पर्क समिति बेल्जियमकि अध्यक्ष सिता सापकोटाले बताईन् ।

बेल्जियमको कूल १ करोड १५ लाख जनसँख्या मध्ये ९ हजारको सँख्यामा रहेका नेपाली विभिन्न सहरमा छरिएर बसोवास गर्छन् । अधिकाँश होटल, रेष्टुरा व्यवसाय तथा अन्य क्षेत्रमा काम गर्छन् । लक डाउनपछि व्यवसाय बन्द गरिएका छन् । तर टेक वे र डेलिभरि सेवा भने केहि नेपालीले उच्च जोखिम मोलेरै पनि दिदै आइरहेका छन् ।

उपचारमा किन सहज नभएको महसुस गरेका छन् त भन्ने प्रश्नमा गेन्ट युनिभर्सिटि अस्पतालमा पिएचडि गरेर त्यसै अस्पतालमा कार्यरत नेपाली मुलका डा राजु श्रीवास्तवको अनुभवमा ७० देखि ८० प्रतिशत विरामीमा माइल्ड सिम्टम रहेको र यो अवस्थामा घरमै बस्नु र अस्पताल जानुमा कुनै भिन्नता नभएकाले बेल्जियम सरकारले यसो गरेको उनले बताए । तर जब विरामीमा दोस्रो चरको समस्या जस्तोे स्वासप्रस्वास या निमोनिया देखेपछि विरामी अस्पतालमा आउनु पर्ने र त्यहि अनुरुप उपचार गर्नुपर्ने उनले बताए । उनका अनुसार समय, डिस्टेन्स, र प्रोटेक्सनमा ध्यान दिनुपर्छ । बाँकी डाक्टर सँगको अन्तवार्तामै ।

तपाईको परिचय ?

राजु श्रीवास्तव । विरगंज स्थाइ घर हो । बेल्जियम बसेको १४ वर्ष भैसकेको छ । गेन्ट युनिभरसिटि हस्पिटलमा पिएडचि सकेर यसै हस्पिटलमा रेडियो थेरापिमा काम गरिरहेको छु ।

नेपाली १२ जना सँक्रमित भैसके । सबैको अनुभवमा अस्पतालले खाचै चासो नलिएको जस्तो टेस्टपनि नगरेको किन होला ?

हो, वेल्जियम सरकारले यस्तो निति लिएको छ । किन भने यो नयाँ भाइरस हो । कुनै औषधी छैन । ७० देखि ८० प्रतिशतमानिसमा माइल्ड सिमटम भएको र यस अवस्थामा सामान्य सिम्टम अनुसार रुघा लागे रुघाको, ज्वरो आए ज्वोरोको औषधी खाने हो । यसको आफ्नो औषधी नभएकाले दोस्रो स्तरको लक्षणहरु जस्तो निमोनिया, स्वासप्रस्वासमा समस्या नदेखिदासम्म विरामी घरमा बस्नुपर्छ । अस्पताल आ उनु र घरै बस्नुमा कुनै फरक नभएकाले घरमै उचित हुन्छ । हाल वेल्जियमको स्थिति भयावह नै छ । सरकार अस्पतालमा सबै माइल्ड लक्षण भएकालाई टेस्ट गर्ने मुडमा छैन ।

साथीभाइवाट साथीभाइमा सरेको देखिएको छ । तरपनि नेपालीले आफ्नो कल्चरका कारणले हो कि किन होला साथी भाईलाइ नभन्ने लुकाउने ?

यो नेपाली मात्र हैन । यतातिरका नागरिकमापनि हुन्छ त्यस्तो । हाम्रो मै एकजना क्यान्सरको विरामीलाई देखियो । यो कसरी भयो भन्दा उनका श्रीमान् किनमेलमा र पार्कमा गएका रहेछन् र उनी श्रीमानको हात समातेर बाहिर डुलेकी रहिछन् । यसरी उनको सरेको पाईयो र यो सामान्य हो । आफ्ना निकटबाट नै सर्ने हो । त्यसैले निकै नै सजक हुनुपर्छ । तिन कुरामा ध्यान दिए सहज हुन्छ । मानिस सँग कम समय बोल्ने । अलि धेरै बोल्नै पर्दा सामाजिक दूरी कायम गर्ने र सुरक्षाका तरिका अपनाउने हो भने केहि हुँदैन ।

तपाइँको प्रतिक्रिया