पेरिसमा पानीका पाईपमापनि भेटियो कोरोना भाइरस

फ्रान्सको राजधानी पेरिसको पाईपलाईनहरुमा कोरोना भाईरस फेला परेको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिचाई गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाईरस फेला परेको हो ।

यो खाले पानीका पाइपलाईनमा कोरोना भाईरस फेला परेपछि पेरिसका पिउने पानीका बाहेक अन्य सबै पापलाईनहरुको सन्जाललाई अनिस्चितकालकालागि बिच्छेद गरिएको पेरिस महानगरपालिकाले सार्वजनिक गरेको छ ।

“कोरोना भाइरसको सानो संकेत सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिँचाई गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाईपलाईनमा फेला परेको हो । तर पिउने पानीकालागि भने जोखिम छैन्” पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले मेडियाहरुसित भनिन् ।

महानगरपालिकाको खानेपानी बिभागको प्रयोगशालाले २७ वटा नमूना परिक्षण गर्दा चार वटा नमूनामा कोरोना भाईरस फेल परेको हो । त्यस लगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाईपहरु बिच्छेद गर्न निर्देशन दिएका थिए ।

तर पिउने पानीका पाईपलाईन भने अलग्गै संयन्त्र, मार्ग र पाईपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।

भाईरस फेला परेका पाईपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिना ट्रिटमेन्ट सिधै ल्याउने गरिन्छ । यो पानी बगैंचा, पार्क, उद्दानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माण लगायतका काममा प्रयोग गरिने हुनाले नागरिकमा संक्रमण हुन सक्ने हुँदा बिच्छेद गरेको महानगरपालिकाका अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले पानीका पाइपलाईनहरुमा कसरि कोरोना भाईरस संक्रमित भयो भन्ने बताउन सकेका छैन । प्रयोगशालामा हाल अनुसन्धान भैरहेको र त्यसको कारण पूर्ण अनुसन्धानपछि सार्वजनिक गरिने उनीहरुको भनाई छ ।

(साभार- कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया