कुम्लो र कुटुरो बोकेर
–गिता थापा, ईजरायल
कुम्लो र कुटुरो बोकेर
जब अघि बढ्छु आफ्नै हाँस्छन् मलाई देखेर
अनी धिकार्दै आफ्नै भाग्यलाई रुँन्छु पुर्पुरो ठोकेर
हार गुहार माग्न जाउँ बोल्दैन सरकार
बसेको छ मुखमा ताल्चा ठोकेर
आफ्नै जन्मभुमिमा छैन मलाई टेक्ने मेरो नाउँमा माटो
आज मेरो तमासा हेर्दैछ सधैं आफु हिंडेको बाटो
चुप-चाप कसरी सहुँ लाला-बाला रुन्छन् भोको-पेट मिचेर
कहिल्यै दुख्दैन किन कुर्सिमा बस्नेको मन हाम्रो दुर्दशा देखेर ?
कहाँ गएर मागुँ न्याय आफ्नैले अन्याय गरेपछि
सतिले सरापेको देश मेरो रावणको राज भएपछि
धिक्कार्छ तिमीलाई नेपाली‘भै नेपालीकै दुर्दशा हेर्छौ
आफ्नै आँगनमा अरुले नाङ्गो नाच नाच्दापनि ?
कसरी भन्छौ नेपाली भनी बोल्दैनौ आफ्नै चेलीमाथी
गिद्दहरु आँखै अगाडि झुमिदा पनि ?
आफ्नो पेटको मात्र चिन्ता तिमीलाई हो भने
तिमी नेता बन्नुमा त्यो सुख र सुबिधालाई
मात्र हेर्छौ भने
के नै अर्थ भयो र मान्छे‘भै जन्म लिनुमा





