ननिभ्ने दिप

-दिलिप योन्जन

 

dilipa-yonjon-usa-667711

 

ननिभ्ने  दिप हो,  हाम्रो माया प्रिती

 

हाँसी२ जिबन बिताउँ, मरे हुन्छै मिटी

 

 

दुख सुख जिन्दगीको, जिउने मिठो आधार

 

जन्म२ रहन्छ माया, इतिहास भै अमर

 

 

नसुक्ने खोला हो, हाम्रो प्रेम काहानी

 

हाँसी२ जिबन बिताउँ, मरे हुन्छै खरानी

 

 

माया ठुलो सन्सारमा, हिरा मोती भन्दा

 

मरेर नि बाँचेकाछन, मायामा ज्यान दिँदा

 

 

नरोकिने यात्रा हो,  युगै युग भरी

 

हाँसी२ जिबन बिताउँ, लानु के छ मरी

 

अस्टिन, अमेरिका

तपाइँको प्रतिक्रिया