गजल

नेपोलियन मरहट्टा

 

nepolian-marahatta-chitwan11

 

टुक्रा टुक्रा बनाउन नापीएको देश मेरो,

 

 

त्यसैले सिमनामा च्यापिएको देश मेरो
 
नेता भन्ने कुकुरलाई कुर्ची पाए हुँदो रैछ,

 

 

कुर्ची पाउन बन्दगीमा राखिएको देश मेरो

 

 

आफ्नै देश भित्र पनि डराई डराई बाँच्नु पर्ने,

 

 

किन होला जताततै भासिएको देश मेरो ?

 

 

उठाएर गैंची,बेल्चा ढुङ्गा फोर जनता हो….. 

दुई ढुङ्गाको तरुल भै टाँसिएको देश मेरो  
 

बिदेशी को जाल भित्र फँसाउन जनतालाई,

प्र.. कुर्ची पासो भित्र थापीएको देश मेरो

 

[email protected]

तपाइँको प्रतिक्रिया