वाह ! क्या जमेको पेरिसमा नेपाली न्रित्य

fete-vincenne-2009-019

(जगत खड्काको न्रित्य हो यो । उनको न्रित्यले त मान्छेलाई जुरुकजुरुकनै पारेको थियो । अति सुन्दर नाच्छन यिनले ।)

 

 

अस्ति शनिबार र आइतबार पेरिसमा भएको मेलाका सबै तस्बिर राख्न सकिएन । मैले यो पटक फोटो खिच्ने हतारोमा भागा भाग दौडादौड गरिन । मेला हेरेर आनन्द लिने । साथी भाई भेट्ने र गफ गरेर बिताउनतिर लागें । त्यसैले, सबै न्रित्य हेरिएन। फोटोपनि खिचिएन । देखेका राम्रा थिए। तर सबै तस्बिर राख्न सकिन्न नै जति राम्रा भएपनि। यहाँ राखिएका तस्बिर आफुले खिचेका मध्ये केहि आफुलाई मन परेका हुन् । यहाँ राखिएका मात्रै सबैभन्दा सुन्दर हुन् भन्ने होइन नै ।  न्रित्यहरु यसपटक अघिल्ल वर्ष भन्दापनि जमेको थियो । कलाकारहरु अधिकांश तगडा थिए । मेला सबैभन्दा आकर्षणनै नेपाली न्रित्य बनेको थियो नेपाली र स्थानिय दुबैमा ।

 

fete-vincenne-2009-095(वालिक जैनु श्रेष्ठ कुमारी न्रित्यमा। यो सांस्क्रितिक न्रित्य अति लोकप्रिय हुन्छ यहाँ। यिनले कुमारी लगयतका थुप्रै न्रित्य पेशागत रुपमै नाच्न सक्छिन्) ।

fete-de-vincenne-197

(तिन वालिका जैनु श्रेष्ठ, निकिता उपाध्याय र प्रशंसा केसीको न्रित्य) ।

 

 

 

 

fete-vincenne-2009-027

 

दाहिनेबाट मादल बोक्ने सुरेश लामा र त्यसपछि लबिना पराजुलीलगायतका महिलाहरु।

fete-vincenne-2009-115

 

अघिल्लो पंक्तिका सुरेश लामा र जगत खड्का हुन पछिल्लो श्रेणीका महिलाको नाम थाह भएन ।

 

fete-vincenne-2009-118

fete-vincenne-2009-146

 

दाहिनेबाट क्रमश: सुरेश लामा, पूजा गुरुङ, अनिता शाक्य र जगत खड्का ।

fete-vincenne-2009-023

 

न्रित्य गर्ने मञ्चबाट नाच्दा नाच्दै बुर्लुक्कै तल हाम्फालेर दर्शक दिर्घाबाट नाच्न थालेका जगत खड्का । त्यति अग्लो मञ्च नाच्दा नाच्दै उनले यति सजिलै फुर्लुक्कै नाघे कि दर्शकहरु त छक्कै । उनको त्यो नाचले अतिनै प्रशंसापनि पायो ।

fete-vincenne-2009-178

fete-vincenne-2009-170

समूहगत न्रित्यमा  किशोरकिशोरीहरु । त्यसमा नेपाली मात्रै होइन फ्रान्सेलीहरुपनि थिए । तिनले नेपालीले कसरि हात हल्लाउँछन्, गोडा मर्काउँछन् हेर्दै थिए ।

 

fete-vincenne-2009-055

न्रित्य हेर्न मग्न दर्शकहरु । न्रित्य हेर्नेको भिडनै थियो ।

 

fete-de-vincenne-201

अहिलेसम्म हाम्रो न्रित्य हेरिदिनु भएकोमा धेरै धेरै धन्यावाद । ल त नमस्कार ।

 

(तस्बिर नेपालप्लसकालागि सबै म आफैंले खिचेको हुँ)

 

 

 

 

तपाइँको प्रतिक्रिया