एउटा प्रायश्चित
–विद्या सापकोटा
त्यो जून हराएको रात
हामीले छुट्टिने निर्णय गर्यौं
वारी पारी भएर
बग्ने आँट गर्यौं ।।
निष्पष्ट थियो रात,
विकल्प दुइ फरक
मसँग थियो एउटा र्टचलाइट,
उसँग भरी टुकी ।।
अगाडीका साथी यी,
उज्यालाका प्रतिरुपहरु
साट्यौं मुस्कुराउँदै,
अन्तिम चिनो स्वरुप ।।
उ गयो लाइट च्यापेर
कहाँ गयो, किन गयो,
कस्तो छ पत्तै भएन
बदलामा टुकी पाएको मान्छे म
बत्ति त निभिसक्यो,
शिशि समेत फुटिसक्यो ।।
तर त्यो कालो मुस्लो
उसको अन्तिम सौगात
जति मेट्छु जान्न
पखाल्छु गाडा भएर आउँछ ।।
सायद नाकको बाटो भएर
छातीसम्म पुगेछ की
यादको बाटो भएर झिजोलिरहन्छ
पिरोलिरहन्छ ।।
औंलाको एक थिचाइ मै
निभ्ने त्यो लाइट
उसमा कुनै असरै परेन
मैले त बल्न दिएँ, बालिरहे बलुन्जेल
अन्तिम सौगात सम्झेर ।।
तर त्यो निभेर पनि सकिएन
गएर पनि हराएन
पटकपटक देखिइरहन्छ कालो छायाँ
सास फेर्नै नदिएर अडि्करहन्छ कालो विगत ।।
एउटा अन्तिम गल्ति
टुकीसँग साटिएको लाइट
एउटा अन्यहिन प्रायश्चित
कालो मुस्लोसँग जोडिएका संबन्धहरु ।
कल्याणपुर –७, नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं
(साथीहरु, कविता, गित र गजलका चाङ लागेका छन् नेपालप्लसमा । त्यसैले ति तुरुन्तै प्रकाशित हुनसक्ने अवस्था छैन । नयाँ लेखकको हकमा भने तत्कालै प्रकाशित हुन्छ एक पटककालागि । त्यसपछि तपाईको रचना स्विक्रित भएको भएपनि प्रकाशित हुन केहि समय लाग्छ । तुरुन्तै प्रकाशित होस् भन्ने चाहनुहुन्छ भने अन्य विषय र बिधामा पनि कलम चलाउनुहोस । जस्तोलाइ पनि कविता, गजल भन्ने मानसिकता छोडेर अलि स्तरिय पठाउन अनुरोध छ । पाठक प्रतिक्रिया संबन्धित विषयमा लेख्नुहोला । सन्दर्भ बाहिर गएर नलेख्नुहोस । असभ्य भाषा प्रयोग गरिएका र ब्यक्तिगत गालिगलौजले भरिका प्रतिक्रियामाथि बन्देज गरिनेछ-नेपालप्लस डट कम) ।
(तस्बिर संयोजन गरिदिनु भएकोमा बेल्जियमका मित्र सुभास छ्न्त्यालजीलाई धन्यवाद-नेपालप्लस) ।





