चर्चित नेत्रि झाँक्रीपनि १६ करोडकै पक्षमा

राष्ट्रपती बिध्यादेवी भण्डारी यतिखेर बिवादमा परेकि छन् । १६ करोड मूल्य पर्ने अत्याधुनिक निजि सवारी साधनको माग सरकार समक्ष गरेपछि भण्डारीको आलोचना गर्नेहरु मेडिया र सामाजिक सञ्जालमा तिब्र भएको छ । अहिलेसम्म राष्ट्रपतीको कार्यालयले केहि बोलेको छैन । तर राष्ट्रपतीप्रतिको आलोचना झन झन चुलिएको छ । राष्ट्रपती हुनु अघि भण्डारी एमालेकी नेत्रि भएकाले एमालेका केहि नेता, कार्यकर्ता र एमाले पक्षिय केहि पत्रकारहरुले राष्ट्रपतीको १६ लाख पर्ने गाडीको पक्षमा बचाउ गर्दै आएका छन् । त्यसरि बचाउ गर्नेमा एमालेकी प्रसिद्द नेत्रि राम कुमारी झाँक्रीपनि छ्न् ।

झाँक्रीले आफ्नो समाजिक सञ्जालमा रष्ट्रपतीको यो कदमको घुमाउरो पाराले बचाउ गरेकि हुन् । उनले सामाजिक सञ्जालमा भनेकी छन् ‘यो गाडी मदन भण्डारीको श्रीमतीकालागि किन्न खोजेको होइन । हाम्रो देशको राष्ट्रप्रमुखको लागि किन्न खोजेको हो । बिध्या भण्डारी ब्यक्ति होइन हाम्रो राष्ट्र प्रमुख संस्था हो । हामी सबैको गौरव हो ।’

राष्ट्रपतीका लागि किन्न भनेर प्रोसेस थालिएको गाडी राष्ट्रपती बिध्यादेवी भण्डारीको पालमा आइपुग्ने संभावनापनि कम भएको समेत झाँक्रीले उल्लेख गरेकि छन् । तर बिध्यादेवी भण्डारीको कार्यकालमा आइनपुग्ने संभावना भएको १६ करोड मूल्यको गाडीका पक्षमा किन यतिधेरै खुलेर समर्थन गर्नुपर्‍यो त ? यसकाबारेमा भने उनले केहि खुलाएकि छैनन् ।

उनले अहिले आफ्नो पार्टीका नेताहरुको हैसियत राम्रै गाडी चढ्ने बनेकोपनि उल्लेख गरेकि छन् । ‘मदन भण्डारी त्यो बेलाको नेता हुनुहुन्थ्यो आजको होइन । त्यसैले साईकल चढ्नुभयो । आज भएको भए हाम्रो पार्टीको नेताले राम्रै गाडी चढ्ने हैशियतको पार्टी बनेको छ हाम्रोपनि । जसरि हालका अन्य नेता चढ्नुहुन्छ ।’

अझ एमाले पक्षिय केहि पत्रकारहरुले त रुसि राष्ट्रपती भ्लादिमिर पुटिन, बेलायतकी महारानी, अमेरिकी राष्ट्रपती जस्ता विश्वकै धनी देशका राष्ट्रप्रमुखहरुको निजि सवारी साधानको मूल्यसित तुलना गर्दै बचाउ गरेका छन् । एउटा अनौठो पक्ष के देखिएको छ भने एकातिर एमालेका नेता, कार्यकर्ता र एमाले पक्षिय पत्रकारहरु राष्ट्रपती सबैको साझा, एमाले पार्टीको होइन भन्छन् । त्यसो हो भने एमाले पार्टी, उसका कार्यकर्ता र एमाले पक्षिय मेडियाकर्मीले किन बचाउ गर्नुपर्‍यो ? यो विषयमा सबै पार्टी, समग्र रुपमा देशभरिकै मेडिया, नागरिक र नेताहरुले बचाउ, समर्थन वा बिरोध गर्नुपर्ने होइन र ?

तपाइँको प्रतिक्रिया