गजल
-सरोज रसिक, टाँडी
तैं ठुलो मैं ठुलो, को ठुलो मान्ने खै
अर्को युद्ध चर्कने भो, के शान्ति मान्ने खै ?
कोही राख्ने कोही फाल्ने कस्तो यो चाला
हाँडिगाउँकै जात्रा भो, लाज कसरी धान्ने खै ?
सधैंभरी किचलो भो, छानिएका हटे रे
हरुवानै आउने भए, के कामले छान्नु खै ?
कुर्सी पाउनै हतारो छ नेता जती सबलाई
समयमै संबिधान बन्छ ?अब कसरी जान्ने खै ?
जनाताको आशा मर्यो, सपना सबै टुटी सके
‘रसिक‘ देश भासिने भो, लौन के ले तान्ने खै ?
हाल-डार्विन, (अष्ट्रेलिया) ।





