नेपालीलाई गाली गर्ने सिमा सुवेदीको परिचयनै भिन्नै (प्रमाणहरु सहित)
-मोहन पौडेल
केही दिन अगाडी आफूलाई नेपालीभाषी भारतीय गोर्खा भएको दाबी गर्दै एक युवतीले नेपालीहरूलाई गाली गरिन् । तर ती युवती वास्तवमा को हुन् ? के गर्छिन् ? किन त्यसरी नेपालीहरूलाई गाली गरिन् ? के वास्तव मै भिडियोमा भने जस्तो ती युवतीको नाम सीमा सुवेदी श्रेष्ठ नै हो ? यदि होईन भने किन नामको पछाडी सुवेदी श्रेष्ठ नै राखिन् ? यथार्थ सम्म पुग्नको लागि न त हामी कसैले प्रयास नै गर्यौं न त उनले भनेका कुराहरूलाई ध्यान दिएर नै सुन्यौं । आउनुस् उनको प्रोफाईल बाटै अध्ययन शुरू गरौं ।
हाम्रो नेपालीहरूको चलन अनुसार कुनै महिलाले २ वटा थर लेख्छिन् भने पहिलो थर माइतीको र दोस्रो पतिको हुन्छ । अर्थात् ती युवती सुवेदीकी छोरी श्रेष्ठसँग विवाह भएकी हुनुपर्छ । फेसबुक प्रोफाइल अध्यन गर्दा न त क तै उनले विवाहका बारेमा उल्लेख गरेकी छिन् न त पतिसँग भएका फोटोहरू नै त्यहाँ पोस्ट गरेकी छिन् ।
पहिलो कुरा त ती युवतीले भिडियोमा भने जस्तो उनको नाम सीमा सुवेदी श्रेष्ठ नै होईन् ।
प्रमाणको लागि यो हेर्नुस्
ती युवतीको वास्तविक नाम हो स्रद्दा शर्मा (Sraddha Sarmah) । शर्मा (Sarmah) थर प्राय भारतको आसाम राज्यमा प्रचलित छ । गुगल मा सर्च गरेर हेर्न सक्नुहुन्छ अनि फेसबुक मै पनि धेरै प्रोफाइहरू छन् ।
अर्को कुरा भिडियोमा उनले भनेकी छिन् मिसेज ईन्डिया २०१६ (Mrs India 2016) कि विजेता हुँ । तर मिसेज ईन्डिया (Mrs India) को अफिसियल वेबसाईटको विजेताहरूको सूचीमा ती युवती छैनन् ।
अर्को भिडियोमा भनेकी छिन कि नेपाल आउँदा केही नेपालीहरूले उनीसँग नराम्रो व्यवहार गरेकाले उनले त्यसो गरेकी हुन् । नेपालीहरूले गाली गरेको सहन नसकेरे अर्को भिडियोमा पंजाबी सरदारहरूलाई पनि गुहार्ने प्रयास गरेकी छिन् जसलाई भारतमा गोर्खाहरू पछि बहादुरको रूपमा हेरिन्छ । हुँदा-हुँदा तेस्रो भिडियोमा भनेकी छिन् की मैले त हामी नेपालीहरूलाई एकजुट गर्नको लागि यसो गरेकी हुँ माफ गर्दिनुहोला ।
यी सबै कुराहरूबाट हेर्दा निम्न कुराहरू अन्दाज गर्न सकिन्छ ।
१- गोर्खाल्याण्डको आन्दोलनलाई प्रभावित पार्न भारतीयहरूले नै गरेको प्रायोजित षडयन्त्र ।
२- आफु लोकप्रिय हुन स्वयं ती युवतीले नै गरेको प्रयास ।
३- उनले भने जस्तो नेपालीहरूले गरेको नराम्रो व्यवहारको प्रतिशोध ।
४- सबै नेपालीलाई एक गराउँन गरिएको प्रयास ।








