नेपालको प्रचार बोकेर डेनमार्कका बसहरु कुनाकुनामा

डेनमार्कमा नेपाल हाउस अर्थात् नेपाली ग्रिह बनाउने लक्ष्यसहित नेपाली मेला शुरु हुँदै छ । यो अन्तर्राष्ट्रिय ब्यापारिक मेला (ट्रेड फेयर) को तयरि जोडतोडका साथ भैरहेको छ । तिनदिने मेला यहि जुनको १६ बाट शुरु हुँदै छ, राजधानी कोपनह्यागनमा । त्यसको प्रचारप्रसारकालागि मेला आयोजक नेपाल हाउसले अनेक थरिका बिज्ञापन गरेर मेलामा ध्यान तानेको मात्रै छैन कि डेनिसहरुमा खुलदुली बनाइदिएको छ, नेपाल, नेपाली र नेपालका उत्पादनहरुबारे । त्यहि ध्यान तान्नकालागि नेपाल मेलाबारे लेखिएका ब्यानरहरुलिएर डेनमार्कको सडकमा बसहरु यहि जुनको ५ बाट गुड्ने छन् ।

यस्ता बसहरु डेनमार्कको विभिन्न ठाउँमा फन्को मार्छन् । शहरका कुनाकुनासम्म पुग्ने, काँठहरुमा जाने यि बसले नेपालको प्रचार गर्नेछन् ।  जुन ५ तारिख देखि जुन १८ सम्म, ७० वटा एबसहरूमा उक्त ब्यानर लाग्ने छ । अहिले मेलाको सबै जानकारि दिन, मेलाको तयारि गर्न नेपाल हाउसले अधिकारिक कार्यालयनै स्थापना गरेर मेलाका कामहरुलाई चुस्त र दुरुस्त पार्न खोजेको छ ।

त्यस्तै,  नेपालबाट बिभिन्न कलाकारहरु आउने भएका छन्, सांस्क्रितिक कार्यक्रम गर्नकालागि । आयोजक समितिका पुर्ण बन्धनका अनुसार सम्पूर्ण सहभागी तथा कलाकारहरूको भिषा आबेदनलाई नेपालस्थित डेनिस राजदूतावासले सदर गरिदिएको छ ।

यो मेलाका साझेदारपनि छन्, नेपालका विविध क्षेत्रमा नाम कमाएकाहरु । करिब ३५ वटा नेपाली कम्पनीहरू यसमा सहभागि हुने छन् । नेपालएक्स्पोको ब्य्राण्ड एम्बेसडर टोली क्रिमअफ रिदम र नेपालहाउसका ब्य्राण्ड एम्बेसडर शंकरसिंह बिष्ट लगायतका कम्पनीका बजार तथा कार्गो व्यवस्थापकहरुपनि मेलामा आउने भएका छन् ।

तपाइँको प्रतिक्रिया