ताप्लेजुङ्गकि दृस्टी बिहिन महिला लाक्पा खाङ्ग्डु शेर्पाको उद्दार

blind

सामाजिक संजाल फेसबुक मार्फत  गिट्टी कुटेर आफ्नो जीवन चलाउँदै आएकि पूर्बी बिकट पहाडि जिल्ला ताप्लेजुङ्ग सान्थाक्राकि ५२ वर्षिय दृस्टी बिहिन महिला ल्हाक्पा खाण्डु शेर्पाको उद्दार हुने भएको छ । उनले दृस्टी नभएपनि आफ्नो हातहरुले गीटि, ढुङ्गा फोड्ने काम गर्दै आएकि थिईन् । त्यो काम नगरे  हात मुख जोड्न समेत नपुग्ने गरेको पिडा र बेदनाले भरिएको मार्मिक समाचार सामाजिक संजाल फेसबूकमा प्रकासित भएको थियो ।

सुरुमा उक्त खबर  शेर्पा संचार ताप्लेजुङ्गले ल्हाक्पा खाण्डु शेर्पाको सहयोग अपिल सहितको भिडिओ क्लिप प्रकाशित गरेको थियो । उक्त भिडियो अपलोड भएको केहि समय पश्चात नै पुर्ख्यौली घर इलाम भइ हाल आफ्नो कर्म थलो अस्ट्रेलिया बनाएर बसेका शेर्पा बिधार्थी मंचका  सस्थापक अध्यक्ष तथा समाजसेवी निमा ग्याल्जेन शेर्पाले देखे । उनले उक्त भिडियो केहि बेर ध्यान पुर्बक हेरे । भिडियो क्लिप हेरेपछि उहाले मन थाम्न सकेनन र उनले तत्कालै काठमाडौमा रहेकि आफ्नी दिदि आङ्गमाया शेर्पालाइ फोन गरे । दृस्टी बिहिन ल्हाक्पा खाङ्डु शेर्पालाई कसरि सहयोग गर्न सकिन्छ भनि सल्लाह गरे ।  दिदीलाई सकेसम्म दिर्घकालिन रुपमा काठमाण्डौको कुनै गुम्बामा राख्न पाए हुन्थ्यो भन्ने चाहना राखे । त्यसको निम्ति पहल गर्न दिदीलाई सुझाए । र उनले आफ्नो फेसबुक वालमा आर्थिक सहयोग गर्न अपिल गर्दै एउटा पोस्ट लेखे । आफ्ना साथि भाइहरुलाई सहयोग गर्न अनुरोध गर्न थाले ।

भाइले फोन गरेर झगझाकाए पछि आङ्ग माया शेर्पाले तत्काल नेपाल शेर्पा संघका केन्द्रिय सदस्य समेत रहेकी नेत्री लंग्जम शेर्पालाइ फोन गरेर सविस्तार सुनाए । गुम्बामा राख्न पहल गरिदिन अनुरोध गरे । जवाफमा लंग्जम शेर्पाले ‘हुन्छ, म गुम्बामा कुरा गर्छु’ भनि जवाफ दिईन । र तत्कालै फोन गरेर गुम्बामा राख्ने निश्चित भयो । अब बैसाखमा काठमाण्डौमा ल्याउने भनेर जानकारी गराइन ।

यसैबिच उहाँले शेर्पा सम्रक्षण समाज नेपालका सचिब मिङ्ग्मा शेर्पा, शेर्पा बिधार्थी मंचका बर्तमान अध्यक्ष निमा दोर्जी शेर्पा लगायत बिभिन्न किदुक र संघ संग्सस्थाहरुलाइ सम्पर्क गरेर सहयोग गर्न सल्लाह दिए । यस क्रममा इजरायलबाट रु ५०,००० हजार आर्थिक सहयोग संकलन भयो ।

उनले संग्कलन गगरेको सहयोग रकम र दाताहरुको बिबरण यस प्रकार रहेका छन् ।

१) निमा ग्याल्जे शेर्पा ( गोपर्मा )ने रु १६,५००

२) निमा तामांग बोम्जन ने रु ४१,२५०

३) पेमा दोर्जे बोम्ज़न नेरु ४१,२५०

४) सुदिप गौचन ८,२५०

५) लिल बहादुर गुरुरंग  ४१२५

६)  मनुराज निल्ग्लेखु लिम्बु ने २०६२

७) सुजन न्यौपाने १७३२

८) राम सिप्तुन्ग्खा राइ १६५० सिड्नी अस्ट्रेलिया

९) मिंग्मा शेर्पा साघु ताप्लेजुङ्ग हाल काठ्माण्डौबाट ने रु ५०००

सबै गर्दा एक लाख २० हजार नौ सय ९५ रिपियाँ भयो । यसमा ८२५ रुपियाँ सेवा शुल्क कटाइ यो रकम मिंग्मा शेर्पा साघु ताप्लेजुंग हाल काठमाडौँ को बैक खातामा जम्मा गरिएको छ । अरु कतैबाट सहयोग संकलन गरिएको भए उही मिंग्मा शेर्पा भाइ लाइ सम्पर्क (९८४९७८९२३९)  गरेर रकम जम्मा गर्न सकिन्छ ।  अन्तमा उनले आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने सहयोगी सबैलाइ धन्यबाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया