अगाडि बढ्न देउ

घायलश्री, पर्बत                  

 

krishna1

 

हो….!

 

यात्रा मेरो लामो छ र जटिल पनि

 

तर ……

 

कोही नडराउ कोही नतर्स

 

यो यात्रा मेरो मात्रा होइन

 

हामी सबैको हो,

 

तिनै धुर्त स्याल र ब्वाँसाहरुबाट 

 

शिकार हुनुपर्दा,

 

आफ्नै आँखा अगाडि

 

बहिनी र छोरी जस्ता चेलीको

 

इज्जत लुटिँदा…

 

हो तिनै यौन पिपाशुलाई खतम गर्न 

 

तिनै दानबहरुबाट मुक्त्ती पाउनको लागि

 

कलम चलाऊने हातले

 

तरबार खेलाउनु परेको छ

 

पुस्तक बोक्ने झोलामा

 

भरुवा-बन्दुक बोक्नु परेको छ

 

यो मेरो रहर होइन

 

बाध्यता अनी कर्तब्य पनि हो

 

त्यसैले कोही नडराउ

 

म बाट कोही नतर्स

 

मलाई अगाडि बढ्न देउ

 

न्याय र मुक्त्तिको लागि

 

मलाई साथ देउ !

(तस्बिर संयोजन गरिदिनु भएकोमा बेल्जियमका मित्र सुभास छ्न्त्यालजीलाई धन्यवाद-नेपालप्लस)

तपाइँको प्रतिक्रिया