नेपालीको शिर
–गिता थापा, ईजरायल
नेपाली हुँ म जहाँ गएपनि शिर मेरो झुक्दैन ।
श्रदा र भक्ती साथै छ मेरो कहिँ गए लुक्दैन ।
छोरी हुँ म वीर नेपालीकी नेपाल रूँदा रुन्छु ।
नेपालको शिर लाजले झुके म कहाँ खुशी हुन्छु ।
नेपाली हुँ म अरुको हाँसो खोसेर हाँस्दिन ।
गल्तिले कहिले शिर मेरो झुके खुशीले बाँच्दिन ।
पौरखी हात छन गरेर खाने मरेर जाँदा के छ र लाने ।
साहसी छाती दरो छ अझै जहाँ जाँदा पनि साथै जाने ।





