युरोपको हिउँमा लाखौं आप्रवाशी फसे, के छ नेपालीको अवस्था ?

Bosnia cold weather

अहिले युरोपमा असाध्यै ठण्डी बढेको छ । धेरै देशमा हिउँ जमेर आवाशहरु समस्यामा परेका छन् । चिसोले कठ्यांग्रिएर शुक्रवार साँझसम्म ७३ जना आप्रवाशीको ज्यान गएको युरोपेली मेडियाहरुले उल्लेख गरेका छन् । लाखौं आप्रवाशीहरुको बिजोग भएको छ । ग्रिसमा करिब ७० हजार जति आप्रवाशीहरु हिउँले फसेका छन् । तिनको बस्ने ठाउँ छैन । ईटालीमैपनि हिउँमा परेर पाँच जनाको म्रित्यु भैसकेको छ । पोल्याण्डमापनि हिउँमा फस्नेको संख्या हजारौं पुगिसकेको छ । यस्ता अप्ठेरा ठाउँमा नेपालीहरुलेपनि काम गर्छन् । अफ्रिकाको बाटो हुँदै पूर्वी युरोपबाट छिर्छन् । हामा नेपालीहरुको अवस्था के छ ? 

बालकन क्षेत्रमै सन् १९६३ पछि यो महिना सबैभन्दा बढि ठण्डी भएको छ । सडकहरु हिउँले ढाकिएका छन् । आप्रवाशीहरु ओहोरदोहोर गर्ने मार्गमा ब्यापक हिउँ परेकाले तिनले बस्ने ठाउँ पाएका छैनन् । बल्गेरिया र ग्रिसमा सबैभन्दा बढि समस्या परेको मेडियाहरुले उल्लेख गरेका छन् । ग्रिसका धेरै क्षेत्र हिउँ जमेकाले अपांग बनेको छ ।

अफ्रिकाको बाटो हुँदै युरोप छिर्ने क्रममा मानव तस्करि गर्नेहरुले बिच बाटोमै छोडिदिएपछि केहि आप्रवाशी म्रित अवस्थामा भेटिएका छन् । ग्रिसको टापूहरुमा बस्ने मध्ये १५ हजार पाँच सय मानिसको अवस्था गम्भिर भएको त्रिबुन द जनेभ पत्रिकाले जनाएको छ । ग्रिस, पोल्याण्ड, बल्गेरिया यि सबै देशमा काम गर्ने नेपालीहरु छन् । तर तिनको अवस्थाका बारेमा हालसम्म जानकारि छैन ।

तपाइँको प्रतिक्रिया