जर्मनीमा आक्रमण : यसरि बच्नुहोला

c0d7u7oxuaixe3l

जर्मनीको बर्लिनस्थित क्रिसमस मेलामा एउटा ट्रक लगेर डोजर लगाएझैं हमला गर्दा हाल सम्म नौ जना मारिएका छन् । शंकास्पद आक्रमणकारीलाई जर्मन प्रहरीले पक्राउ गरेको मेडियाहरुले बताएका छन् । ट्रकभित्र एक जनाको अलस भेटिएको छ । ति ब्यक्ति चालक हुन् की अन्य भन्ने अझै स्पष्ठ भैसकेको छैन । हमलाकारिलाई घटना भएको एक सय मिटर परबाट पक्राउ गरिएको हो । घटनामा ६० भन्दा बढि घाईते छन् । केहि गम्भिर छन् । घाईतेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

केइसर विलह्याम भन्ने चर्चको सामुन्ने लागेको मेलामा स्कोनिय ट्रकले आज डोजर लगाउँदा जर्मनी लगायत युरोप भरिनै ठूलो आतंक मच्चिएको छ । जर्मनीमा अहिलेनै सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

जर्मन प्रहरीले ब्यापक सोधपुछ गर्न सक्छ । त्यसैले बैधानिक कागज हुने वा नहुने दुबैले सुरक्षा अपनाउनु, होसियार भएर हिँड्नु जरुरि छ ।

त्यसैले जर्मनीमा हिँडडुल गर्दा निम्न कुरामा ध्यान दिनुहोला ।

-आफ्नो परिचय खुल्ने कुनै कागजपत्र सँगै राह्नुहोला ।

-निजि सवारी साधानमा हुनुहुन्छ भने चालक अनुमति पत्र, कर र विमा तिरेको लगायत सम्पूर्ण कागज सँगै राख्नुहोला ।

-भिडभाडमा धेरै यात्रा नगर्नुहोला ।

-सुरक्षा निकायले रोकिन भनासाथ रोकिनुहोला । परिचय नभएकाले प्रहरी देखेर भागेमा तत्काल गोली हान्न वा पक्रेर झन दुख दिन सक्छ ।

-जर्मनीमा बस्ने बैधानिक कागज छैन भने ढिलो गरेर बस्ने ठाउँ नफर्किनुहोला ।

-त्यस्तो अवस्थाकाले प्राय मानिसहरु हिँडडुल गर्ने बाटो लिनु राम्रो हुन्छ ।

– प्रहरीसित बच्छु भनेर आफूले बोलेका कुराहरु बिवादास्पद, बाझिने तरिकाले नबताउनुहोला । त्यसरि बाझिँदा प्रहरीलाई थप शंका हुन्छ ।

– काम गर्ने ठाउँको ठेगाना खुल्ने गरि (बैधानिक किसिमले काम गर्नेले) कार्ड वा परिचय पत्र, त्यो नभएपनि ब्रोसर भएपनि बोकेर हिँड्नु राम्रो हुन्छ ।

– बैधानिकबिना काम गर्नेले कोहि विश्वाशिलो साथीको सम्पर्क नम्बर लिएर हिँड्नुहोला ।

-सकिन्छ भने केहि दिन कामबाट छुट्टि लिएर बस्दा राम्रो हुन्छ । घटनाको परिस्थिति साम्य भएपछि अलि सहज हुन सक्छ ।

– बैधानिक पेपर बिना काम गर्नेले ढिलोसम्म काम गरेर राति फर्किनुभन्दा बेलैमा फर्किनुहोला र सकेसम्म कार्यालय समय पारेर मानिसहरु अलि बाक्लो भएको अवस्थामा फर्किँदा चेक जाँचमा कम पर्न सक्ने संभावना हुन्छ ।

-स्थानिय निकायको सूचनाहरुमा अपडेट रहने स्थानिय पत्रिका हेरिराखे गरेमा नयाँ जानकारिहरु थाह पाउन सकिन्छ ।

-आफूले पाएको सूचना अन्य मित्रहरुलाईपनि दिनुहोला ।

तपाइँको प्रतिक्रिया