स्वाधिन र समुन्नत नेपालको निर्माण गर्ने भन्दै बेलायतमा मोर्चा गठन
स्वाधिन र समुन्नत नेपालको निर्माण र एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्न लागि संगठनको आवस्यकताको महसुस गर्दै वेलायत निवासी प्रगतिशील तथा राष्ट्रवादी साथीहरुको भेलाले नेपाली जनप्रगतिशील मोर्चा वेलायत गठन गर्ने भएका छन् । त्यसकालागि आयोजित भेलाले अधिवेशन आयोजक समिति गठन गरेको छ । उनीहरुको उद्देश्य मुक्तिकामी नेपाली जनताको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने, भारतीय विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेपको विरोध गर्ने रविश्वका न्याय प्रेमी जनताको आवाजहरुलाई समर्थन गर्ने भन्ने छ ।
त्यस्तै, प्राकृतिक तथा अन्य विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने,मानवअधिकार उल्लंघनका घटनाहरुको विरोध गर्ने,वेलायतमा रहेका नेपालीहरुको स्थानीय समस्याहरुको समाधानमा सहयोग गर्ने जस्ता उद्धेश्यहरु लिएर प्रगतिशील नेपाली समाज युके कृयाशिल रहंदै आएको थियो ।
विभाजन आएपछि एकिकृत जनक्रान्तिलाई समर्थन गर्ने साथीहरुको पहलमा भएको भेलाले यो समिति गठन गरेको हो । समिति ११ डिसेम्वरका दिन गठन भएको हो । उक्त भेलाले नेपाली जनप्रगतिशील मोर्चा, युरोपका केन्द्रिय उपाध्यक्ष टि एन रिजालको संयोजकत्वमा गठन गरेको हो । दुइ सदस्य पछि थप्ने गरी एघार सदस्यीय समिति निर्माण भएको छ । टिका सापकोटा सदस्य सचिव रहनु भएको उक्त समितिमा नविन गौतम,कमला लिम्वु गुरुङ्ग,हिमालमान आङ्गवुहाङ्ग,दिलिप परियार,वुद्ध तमु र रमेश नेपाली सदस्य रहेका छन् ।
उक्त भेलामा नेपाली जनप्रगतिशील मोर्चा,युरोपका सल्लाहकार प्रेम पाठकको विशेष उपस्थिति रहेको थियो । उहाँले कार्यसमितिका साथीहरुलाई हार्दिक वधाई तथा शृुभकामना दिनुभएको थियो । कार्यसमिति गठन पश्चात वसेको समितिको प्रथम वैठकले नविन साप्कोटा र डा पि एन श्रेष्ठलाई मोर्चाको सल्लाहकारमा चयन गरेको छ ।




