मेरो नेपाल

दिलिप योन्जन, अस्टिन (अमेरिका) 

 

dilipa-yonjon-usa-6677

 

धेरै भयो, न लेखेको, देश सम्झि किन

 

के लेख्नु, मनै रुवाई, नेता देखी किन ।

 

 

बहुदल आयो, बहुदल खायो, लुटे सबले देश

 

कोही तराई, कोही पाहाड, नरहने भो भेष।

 

 

हुटिटयाउ भई, देश थाम्ने, गिरिजा देशको नेता

 

गिद र ब्वासोको, लुछा चुडीमा, हुने भो देश सुहा।

 

 

कहिले माओबादी,कहिले खाओबादी, सबले मारे जनता

 

गणतन्त्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।

 

 

जनता मरे, देशको नाममा, नेताको भो चइन

 

बाडी चुडी, खाए देशको बजेट, बनाई आफै ऐन।

 

 

नाङो जनता, गरीब देश, राजा देसको धनी

 

विष्णुको अबतार, घर न घाटको, गरे सि मन्परी।

 

 

कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई

 

देश बनाउ, लागेन कहिले, बादरे तिनलाई ।

 

 

महङी बढ्यो, आम्दानी छैन, जनताको भो बेहाल

 

कुर्सीको लागी, कुकुर झै लड्छ, नेता भो पागल।

 

 

बुद्दको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर

 

सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार।

 

 

सन्धि सम्झौता, थाहा नहुने, नेपालको बरिस्ट नेता

 

कहिले टिस्टा, कहिले टनक्पुर, सार्याछ देशको सिमाना।

 

 

नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला

 

होसियार हुनु, देशलाइ बेची, बिदेश पोइला जाला।

 

 

भाषण गर्छ, नक्कली नाटक, सधै जनता छकाउन

 

चुनाब आयो, जान्छ गाँउ फटाहा, जनतालाइ फकाउन।

 

 

झोला चपलमा, भेटिने नेताको, काठ्मा गाडी महल

 

देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल ।

 

 

देशको लागी, सहिद भयो, भोक-भोकै बल-बच्चा

 

नपाउदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।

 

 

झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा

 

कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।

 

 

भना-भन, हानथाप मै, अल्झियो देशको राजनीति

 

पद कै भोका, बदनामी नेताहरुले, गर्ला र देशको प्रगती।

 

 

दिनमा यता, रातमा उता, फेर्नु फेर्यो नेताले रुप

 

मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।

 

 

नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी

 

देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली।

 

 

कहिले तराई, कहिले भ्याली, बन्द गर टायर बाली

 

देश जलाई, आगो ताप्ने, नेता कती भाग्य मानी।

 

 

डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिदी

 

मेरै गोरुको, बारै ट्क्का, छोडेन भडुवाले लेडे ढिप्पी।

 

 

प्राडो पाजेरो, माडेको घरमा, नेता बिक्यो पैशाको लागी

 

लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी।

 

 

बनाउ नेपाल, सुन्दर सान्त, बिश्वमा नेपाली चिनाउन

 

नगरी युद्द, भई एक जुट, बनाउ हामीले नेपाल ।

 

 

सबैले भनौ, जय२ नेपाल, नेपाली सब समान

 

हातमा हात राखी, कसम खाई, बनाउ हाम्रो नेपाल।

 

जय जय नेपाल।

 

तपाइँको प्रतिक्रिया