कविलासका भुकम्प पिडितलाई घर हस्तान्तरण

23

२०७२ सालको महाभुकम्पले क्षति पुर्‍याएको चितवनको पहाडी गाबिस कविलासका ७० घर परिवार भुकम्प पिडितलाई आज घर हस्तान्तरण गरिएको छ ।

चितवन शुक्रनगर स्थायी घर भई हाल व्यवसायको शिलशिलामा जर्मनीमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहनुभएका चितवन समाज जर्मनीका अध्यक्ष यज्ञराज सुबेदीले संकलन गर्नुभएको २१ लाख रुपैयाँले प्रति परिवार ३० हजारका दरले र सरकारको तर्फबाट प्रति परिवार १५ हजारका दरले रकम उपलब्ध गराई ट्रष्ट खडा गरेर जस्ताको छाना हाली घर निर्माण गरिएको थियो ।

14509184_1231825243535059_961927726_n

आज कविलास गाबिसको कार्यालयमा घर हस्तान्तरण तथा सम्मान कार्यक्रम कविलास गाबिसका सचिब प्रद्युम्न कुमार खड्काको अध्यक्षतामा एवंम माननिय सांसद कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथीको भुमिका स्थानिय बिकास अधिकारी श्रवण कुमार पोखरेलले निर्वाह गर्नुभएको थियो ।

घर निर्माण अभियानमा बिशेष भुमिका निर्वाह गर्नुहुने शसस्त्र प्रहरी बलका एसपि शम्भु प्रसाद उप्रेतिलाई भिलेज फर अ भिलेजका अभियान्ता एवंम चितवन समाज जर्मनीका संयोजक यज्ञराज सुबेदीले प्रमाणद्धारा सम्मान गर्नुभएको थियो भने कविलास गाबिस कार्यालयका तर्फबाट सचिब प्रद्युम्न कुमार खड्काले पुर्ननिर्माणमा उल्लेख्य सहयोग पुर्‍याएको भन्दै यज्ञराज सुबेदीलाई सम्मान गरिएको थियो ।

nepal

त्यस्तै कार्यक्रममा पुर्ननिर्माणको योगदान स्वरुप गामबेशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा, कविलास गाबिसका धनकि लाल गुरुङ, क्याप्टेन भैरवसिंह गुरुङ, रामबहादुर मगर लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएन डेनमार्कका सदस्य सोम सापकोटाले नेपालीहरु बिदेशमा रहे पनि देशप्रतिको माया झन बढेर गएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय बिकास अधिकारी श्रवणकुमार पोखरेलले बिदेशमा रहेरपनि आफ्नो माटोलाई सम्झिएर पुर्ननिर्माणमा जुट्नुभएकोमा सुबेदीलाई धन्यबाद दिँदै कविलास गाबिसका पार्टीपंक्ति र बिशेष गरि गाबिस सचिब खड्काको ईमान्दारिता र लगनशिलताप्रति खुलेर प्रशंसा गर्नुभएको थियो । सशस्त्र प्रहरी बलका एसपि शम्भु प्रसाद उप्रेतिले चितवन र चितवनबासीहरुले आँफुलाई समाजसेवामा लाग्न अभिप्रेरणा जगाएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी सांसद कृष्णभक्त पोखरेलले सुबेदीले बिदेशमा रहेर पनि आफ्नै गाउँ ठाउँमा सहयोग गरेको प्रति खुशी ब्यक्त गर्नुभयो ।

चितवन समाज जर्मनका अध्यक्ष यज्ञराज सुबेदीले कविलास गाबिसमा भईपरि आउने घटनालाई सहयोग गर्नका निम्ति ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग जारी राख्ने बताउँदै कविलासको पुर्ननिर्माणको क्रममा सहयोग गर्ने सम्पुर्णमा सहयोगीहरु प्रति आभार प्रकट गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया