सांस्क्रितिक साँझ मनाएर नेपाली अनाथ पढाउँदै फ्रान्सेली

contour

 

हाम्रा नेता कुर्सीका लागि मारपिट गरिरहेका छन् । हामी तिनका पछाडि कुनै न कुनैको गूट वा समर्थकका रुपमा लागेका छौं । बिभाजित छौं । देशको अवस्था चौतर्फी जर जर भएको छ तर खासै कसैलाई कतै वास्ता भए जस्तो देखिन्न । हामी आफ्नै दाजुभाई लडिरहेका छौं । एकले अर्कोलाई पेलिरहेको छ । गाउँबाट खेदिरहेको छ ।

 

तर हाम्रो देशबाट झण्डै आठ हजार किलोमिटर टाढा बस्ने पराईहरुको मन हेर्नुस् त कति दयालु ? नेपालका अनाथ वालवालिकालाई जम्मा पारेर उनीहरुले नयाँ जिवन दिईरहेका छन् शिक्षाको ज्योजी मार्फत। त्यस्ता वालवालिकाहरुलाई पढाउन र लालनपालन गर्न चितवनको सौराहामा अनाथालयनै खोलेका छन् उनीहरुले । त्यहाँ भान्छेको ब्यवस्था छ । रेखदेख गर्न मानिहरुहरु राखेका छन् । ति वालवालिका नजिकैको सनराईज स्कूलमा पढाउँछन् । तिनलाई बिभिन्न क्रियाकलापमा सहभागि गराउँछन् बेलाबखत ।

 

dsc05566

 

त्यो सबै कामकालागि सोलेइ भेर् (हरित सूर्य) भन्ने संस्था खोलेका छन् उनीहरुले जुन फ्रान्सको उलिन भन्ने ठाउँमा छ । पेरिसबाट करिब चार सय किलोमिटर टाढा । पर्छ । ति वालवालिकालाई पढाउने खर्च निकाल्नकालागि उनीहरु बेला बेलामा सांस्क्रितिक जमघट गर्छन् । पस्मिना, स्विटर, चाँदीका औंठी, कानका मुन्द्रीलगायतका नेपाली सामान ल्याएर बेच्छन्  र दुई चार पैसा जोगाउँछन् । फ्रान्सका अन्य ठाउँमा भएका मेलामा नेपाली सामान लगेर भाग लिन्छन्, बेच्छन् । मासिकरुपमा सहयोग गर्नेहरु खोजेर सदस्य बनाउँछन् । स्थानिय कलाकार खोजेर नेपाली साँझ आयोजना गर्छन् । त्यहाँ एसोसिएसनका साथीहरु मिलेर आफैंले खाना बनाउँछन् र त्यसबाट केहि पैसा बचाउँछन् ।

 

dsc05601

 

उनीहरुले यहि अप्रिल २५ का दिनपनि काफे तेयाथ (नाट्यशालामा कफी) आयोजना गरेका थिए । त्यसको उद्देश्यपनि नेपालका अनाथहरुलाई पढाउने अर्थ जम्मा गर्नकै लागि थियो । त्यहाँ उनीहरुले स्थानिय कलाकारहरुलाई जम्मापारेर एक साँझ मनाएका थिए ।

 

dsc05578

 

मिलिजुली खाँदा रमाईलो त हुन्छ नै, बचेको रकमले असहाय वालवालिकाको जिवनपनि बन्छ।

dsc05594

                      आफ्नै संस्था सोलेइ भेर् (हरित सूर्य) लेखिएको केक ।

nepal-france-relation-60th-annivarsay-218

यिनै हुन् नेपाली वालवालिका पढाउने सोलेइ भेर् कि मुख्य व्यक्ति मारी एड्विज मार्तँ

तपाइँको प्रतिक्रिया