फ्रन्सेली युवती १२ दिनदेखि नेपालमा बेपत्ता, कसैले देख्नु भयो की ?

खरर नेपाली भाषा बोल्ले फ्रन्सेली युवती नेपालमा केहि दिनदेखि हराइरहेकी छिन् । यतिखेर उनका आफन्त, साथी र मित्रहरु चिन्तामा छन् । उनीहरुले मेलानीलाई कसैले देखेमा खबर गरिदिन आग्रह गरेका छन् । उनको बारेमा फ्रान्सेलीहरुलेपनि चिन्ता मानेर खोजिगरिरहेका छन् । तर फेला पार्न सकेका छैनन् । मेलानी नेपालमा गत आठ दिनदेखि (हाल १२ दिन भैसक्यो) हराइरहेकी छन् । उनको लुगा, फ्रान्स फर्किने विमान टिकट र पासपोर्ट भने पोखरा बुटवल सडक (सिद्दार्थ राजमार्ग) को किनारमा फेला परेको थियो । त्यसपछि मेलानीसित कुनै सम्पर्क हुनसकेको छैन । उनको टिकट अनुसार आज शुक्रवार उनी फ्रान्स फर्किनुपर्थ्यो ।
झट्ट हेर्दा उनी २५ वर्षकी झैं देखिन्छिन् । तर उनको उमेर भने ३५ वर्षको छ । उनी हसिँली र सुन्दर छन् । कपाल घुमुर्किएको (कुर्लुङ क्य्र्लुङ परेको) छ । बोल्नमा आसाध्यै फरासिली भएको परिवारका सदस्यले नेपालप्लसलाई जानकारि दिए । उनका परिवार र आफन्तहरु ज्यादै चिन्तामा रहेकाले कसैले देख्नु भएमा वा उनका बारेमा कुनै जानकारि भए खबर गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।




