नेपालीको मानव तस्करी गर्न फेरि विज्ञापन, पोर्चुगल जाने भन्दै ठगिनुहोला नी !
‘युरोपमा आवाशिय भिसा र कामको अवशर’ भन्दै बिज्ञान देख्नु भो नेपाली पत्रपत्रिकामा ? त्यो देखेर लोभिनु भयो ‘ओहो किन नजाने युरोपको आवाशिय भिसा र काम पाए त ?’ भन्ने सोचेर पैसा खोज्दै हुनुहुन्छ भने भ्रममा नपर्नुहोला । ठगिनुहुन्छ है ठगिनुहुन्छ । पैसा फस्न सक्छ । नपत्याए यहि बिज्ञापनमा हेर्नुस् । यो बिज्ञापनमा दिएका जानकारि झुठा हुन् । नेपाली फसाएर मोटो रकम कमाउने दलालका दाउ हुन् यि ।
यो विज्ञापनमा उल्ल्लेख जबस्क्वार्डका साहु रोनीलाई पोर्तुगल सरकार ले कामदार ठगि गरेको, मानव तस्करी गरेको, छ्क्याएको, झुटो आश्वाशन दिएर मजदूर ठगेको आरोपमा हिरासदमा राखी अनुसन्धान सुरु गरेको धेरैनै भैसक्यो । यो संस्थाले नेपालबाट धेरैलाई यसैगरि भ्रम छरेर ठगिसकेको छ । पोर्चुगल आइसकेपछि यातना समेत दिएको छ ।
साथै यसका अन्य तिन मतियार फरार छन् । तिनलाई पोर्चुगलको प्रहरीले पक्राउ पूर्जी जारि गरिसकेको छ । ति मतियार मध्ये एक जना नेपालीपनि छन् । अन्य दुई जनामा एक भारतीय र एक बंगाली ।
यो संस्थाले यो विज्ञापनमा लेखे अनुसारको सुविधा, रकम र सहुलियत बिदापनि दिँदैन । यसमा उल्लेख भएका सेवा र सुविधा झुठा हुन् । पोर्चुगलमा यति पाइन्छ उति पाइन्छ भनेर उल्लेख गरिएका यस्ता बिज्ञापन प्राय झुठा हुन्छन् । सतर्क रहनुहोला ।





