आतंककारी हमला पछिको फ्रान्स

file6qll9bpez2qcze42nzl

यतिखेर फ्रान्सेली जनता शोकमा छन् । सोमबारसम्मा राष्ट्रिय शोक मनाउने घोषणा फ्रान्सका राष्ट्रपती फँस्वा ओलँदले गरेका छन् । दक्षिणी फ्रान्सको सुन्दर शहर निस प्राय शान्त, शालिन र फूलैफूलले सजिसजाउ शहरका मानिस अन्यत्र भन्दा आतंकित, भय र आँसुमा छन् । पर्यटकिय हिसावले फ्रान्सको एक मुख्य आकर्षक मध्ये पर्छ निस । यो आतंककारी हमलामा ८४ जना मारिएको पुष्टि भएको छ । त्यसबाहेक अझै ५२ जना सिकिस्त छन् । तिनमा किशोर, किशोरी र वालवालिकापनि छन् ।

पर्व मनाईरहेका बेला ट्रक दगुराएर हत्या गर्ने ट्युनिशियाका आतंककारीले सट गन भनिने बन्दूकले तिन प्रहरीलाई हानेपछि उनकोपनि हत्या गरिदिए सुरक्षाकर्मीले । फ्रान्समा आवाशिय भिसा भएका ३१ वर्षिय लाहुयेज बोलेल मोहमद ट्युनिशियाका नागरिक हुन् । ‘फोमनाद देजङ्ले’ भन्ने पर्व मनाईरहेका बेला यस्तो घटना कसरि भयो ? किनभने यो पर्व फ्रान्सको एक प्रसिद्द आकर्षक हो । हजरौं सहभागि हुन्छन् यसमा । यति ठूलो पर्वमा किन सुरक्षा फितलो भयो ? कसको कमजोरी हो यसमा पूर्ण सुरक्षा दिन नसक्नु ? अहिले फ्रान्समा यो विषयमा गम्भिर बहस चलिरहेको छ ।

निस शहरका गल्ली गल्ली पर्यटकले भरिन्थे । यो घटनापछि सडकमा मान्छे देखिएका छैनन् । पर्यटकहरु लाखापाखा लागे । भ्रमणका लागि आउने तयारी गरेका पर्यटक सबैले रद्द गरे । प्रहरी र सेनाको गस्ति बाक्लिएको छ । हतियारधारी सुरक्षाकर्मी यति धेरै निसका नागरिकले कहिल्यै देखेका थिएनन् । गिर्जाघर देखि स्कूल, क्याम्प्स र सडकमा हतियारधारी सुरक्षाकर्मीको संख्या बाक्लो छ । साईरन बजाएको प्रहरीको गाडी छिनछिनमै कुदिरहन्छ । शान्त र सुन्दर शहरमा हुर्किएका निसका मानिस यति आतंकित पहिले भएका थिएनन् । हुर्कँदै गरेका वालवालिका र किशोरकिशोरीहरु घर बाहिर निस्किनपनि त्रसित भएका छन् । त्यहिमाथि सुरक्षाकर्मीले खानतलासि तिब्र पारेपछि कतिखेर, कुन बेला कसको घरमा सुरक्षार्मी पस्ने हो, दखल दिने हो र कसका घरमा आतंककारी लुकेका छन् भन्ने अर्को त्रासमा छन् ।

अघिल्लो साल पेरिसमा लगातार आतंककारी हमला भए । पछिल्लो पटक अन्तर्राष्ट्रिय रंगशालाकै छेउमा हमला भयो । सरकारले लगाएको राष्ट्रिय संकटको समय सिद्दिएकै थिएन । अझै केहि दिन बाँकी थियो । यस्तो अवस्थामा फेरि निसमा अर्को हमला भयो । संकटकालिन अवस्थामा सुरक्षा बय्वस्था कडा हुन्छ । सुरक्षामा सुधार गरिन्छ । तर निसमा भएको यो घटनाले सरकारको सुरक्षा निकाय, सुरक्षा निति सफल देखिएन । एक वर्षभित्रै ठूला ठूला आतंककारि हमला हुनु र संकटकालभित्रै आतंककारीहरुले हमला जारि राख्नु फ्रान्सेली जनताका सबैभन्दा चिन्ताको विषय हो । अब इस्लामिक आतंककारिहरु फ्रान्समा संस्थागत रुपमै स्थापित भए । जुनसुकै बेला जहाँपनि आक्रमण गर्न सक्छन् भन्ने बुझाईमा फ्रान्सेली नागरिक छन् । सरकारले आफ्नो जिउ ज्यानको सुरक्षा गर्छ भन्ने भरोसा फ्रान्सेलीमा मेटिँदै गएको छ ।

फ्रान्सेली जनताहरु सरकारदेखि आजित भएका छन् । लिबिया, ईरान, ईराक, अफ्गानिस्तान लगायतका मुलुकमा अमेरिकाको उक्साहटमा लागेर सेना पठाउनु, इस्लामिक देशहरुका मामिलामा अनादार बन्नु, हस्तक्षेप गर्नुको परिणाम अहिले आफूहरुले भोग्नुपरेको बुझाई धेरै फ्रान्सेलीको छ । त्यसैले फ्रान्सेलीहरु यतिखेर सरकारको तिब्र आलोचक बनेका छन् । सरकारसित उनीहरुको एउटै माग छ, हामीलाई शान्तिले बस्न देउ । आर्काका मामिलामा हात नहाल । आफ्नै देशको मात्रै चिन्ता गर ।

तपाइँको प्रतिक्रिया